हुलाकी मार्गले जनतालाई निराश बनायो

मोहम्मद सदरुल २०७९ साउन १९ गते २२:०९ मा प्रकाशित

मोहम्मद सदरुल,विराटनगर, १९ साउन(रासस):ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाई हुँदा जनप्रतिनिधिहरुले आक्रोश पोखेका छन् ।

नियम,कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीहरुले आफूले कबोल गरेको समयसीमा भित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त्त गर्नुभएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सभा हलमा आज आयोजित योजनाको प्रगति विवरण तथा समस्याहरुको पहिचान विषय छलफलमा उहाँहरुले एकै स्वरमा आक्रोश व्यक्त्त गरेका हुन ।

योजनाको मातहतमा सुनसरी, मोरङ,झापा र सप्तरी जिल्ला गरी कुल ३३५ किमी मिटर सडक बाटो कार्य क्षेत्रमा पर्दछ । यसमा महेन्द्रराजमार्ग देखि हुलाकी राजमार्गसँग जोडिएको उत्तर दक्षिण बाटो १६८ किमी र झापा देखि सप्तरीसम्म पूर्वपश्चिम १६७ किमी बाटो निर्माण र्ग योजना कार्यालय २०६६÷६७ को आर्थिक वर्षमा कुल रु.१६ अर्बमा ठेक्का लगाई काम शुरु गरिसकेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा सबै काम सकिनु पर्ने भएपनि निर्माण व्यवसायीहरुले अहिलेसम्ममा रु.नौ अर्ब ५० करोड बराबरको काम सम्पत्र गरी अरु काम अधुरा राखेको योजना प्रमुख विजयकुमार थापाले जानकारी दिनुभयो ।उहाँले निर्माण व्यवसायीलाई पटक÷पटक काम सम्पत्र गर्न निर्देशन दिएपनि विभित्र बहानामा काम सम्पत्र नगरेकाले जनप्रतिनिधि र प्रशासकहरुले आक्रोश पोख्नु स्वभाविकै हो भन्नु भयो ।

निर्माण व्यवसायीहरुले अझ एक वर्ष समय थप्नु पर्ने माग गरिरहेको भएपनि यसमा यो जना कार्यालयले केही गर्न नसक्ने र यसका लागि विभाग जानकारी पठाउने प्रमुख थापाले बताउनुभयो ।

उत्तर दक्षिण बाहेक झापामा ४८ किमी, मोरङमा ४४ किमी, सुनसरीमा २६ किमी र सप्तरीमा ४६ किमी बाटो अधुरै अवस्थामा रहेको बताइएको छ । बाटोसँगै पुल पनि निर्माण गर्नु पर्ने र यसका लागि ठेक्का पनि सोही समयमा भइसकेकाले अहिलेसम्ममा २४ वटा पुल बनिसकेको र २६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको योजना कार्यालय इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।

कार्य क्षेत्रमा रहेका सबै बाटो र पुल बनाउन करिब २६ जना निर्माण व्यवसायीहरुले ठेक्कामा लिएको इन्जिनियर खतिवडाको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले समयसीमा भित्र निर्माण व्यवसायीहरुले आ–आफ्ना मातहतका निर्माणका काम सम्पत्र गर्न निर्देशन दिनुका साथै कुनै समस्या भए समाधान गर्न पहल गर्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य विजय विश्वासले काम गर्न नसक्ने निर्माण व्यवसायीले बाटो किन भत्काउने प्रतिप्रश्न गर्दै अब निर्माणमा ढिलाई भएमा जनताले पनि आवाज उठाउने समय आइसकेको चेतावनी दिनुभयो ।

मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले कछुवा तालमा निर्माण लाग्ने निर्माण व्यवसायीहरुका कारण जनताले दुःख व्यहोरिरहेको चर्चा गर्दै काम गर्न नसक्नेले किन ठेक्कामा लिनु भनेर आक्रोश व्यक्त्त गर्नुभयो । हामीलाई जनताले गाली गर्छन, तर निर्माण व्यवसायी कानमा तेल हालेर सुतेका छन् कसरी देश उभो लाग्छ भत्रुभयो ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कुनै पनि बहानामा काम रोक्न नहुने भन्दै कार्यक्षेत्रमा कुनै समस्या आए वा कसैले बाधा पु¥याए तुरुन्त जानकारी दिन आग्रह गर्नुभयो ।

निर्माण व्यवसायी कान्छारामका दिपक थिङ, गजुरमुखीका दिपक गौतम र भूमि कन्सट्रक्शनका सरोज रायले अबको एक वर्षभित्रमा काम सम्पत्र गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

 

प्रतिक्रिया