कोलोराडोमा सामुहिक दरखाने कार्यक्रम आयोजना हुदै
नातिबाबु भट्ट
कोलोराडो अमेरीका
अगष्ट ३, २०२२
हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक रुपमा दरखाने भएका छन् ।
प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस नहोस् र बर्षमा एक दिन सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै, माईतीको झल्को मेटाउन Sister Group दिदीबहिनी समुह Colorado ले दरखाने कार्यक्रम आयोजना गर्न लागेको संयोजक धन पौडेलले बताएकी छिन् ।
यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन तथा संरक्षणमा टेवा पु¥याउने उनको रहेका्ै दावी छ ।
कार्यक्रम यही अगष्ट १३ तारिक सनीबारका दिन सांझ ४ बजे देखी राती १० बजे सम्म (3295 W 72nd. Ave, Westminster Co. 80030) संचालन हुने छ । कार्यक्रम बारे फेसबुकमा ईभेन्ट बनाएर राखिएको र यदी कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सुचनालाई आधार मानी कार्यक्रममा सहभागी हुन संयोजक पौडेलले सबैलाई अनुरोध गरेकी छिन् ।
कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यावसायी, सर्बसाधारण कसैलाई पनि परिपत्र नगरिएको हुदा सबैलाई चुले निम्तो सहित खुल्ला निमन्त्रणा गरिएकोले यसै निमन्त्रणालाई स्विकारी कार्यक्रममा सहभागी भई दिनु समेत उनले अनुरोध गरेकी छिन् ।
दर खाने कार्यक्रम हेर्न यहा क्लिक गर्नुहोला :
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया