शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:४१
वासिङटन डिसी 22:56

सांगीतिक कार्यक्रमको लागि निमा रुम्बा बाल्टिमोर आई पुगे

विजय थापा २०७९ साउन १९ गते १:५८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा “निमा रुम्बा लाईभ ईन कन्सर्ट”को लागि गायक निमा रुम्बा बाल्टिमोर आई पुगेका छन् ।

यता आयोजकहरु अहोरात्र खटिई रहेका छन । आगामी अगस्त ७ आइतबारका दिन बाल्टिमोरमा हुने कार्यक्रमको लागि निमा रुम्बा बाल्टिमोर अवतरण गरेका हुन् ।

कलाकारलाई स्वागत गर्न विमानस्थलमा आयोजकको तर्फबाट साथी बाल्टिमोरका संस्थापक रमेश भट्ट नेपाली छोरो,गायक राजु लामा ,बिश्व किरण थापा लगायत पुगेका थिए ।

लामो समय पछि बृहत लाईभ सांगीतिक कार्यक्रम हुने भएकोमा बाल्टिमोरवासीहरु निकै उत्साहित भएका छन् । बाल्टिमोरलाई नेपाली कलाकारहरुको शहर मानिन्छ । बाल्टिमोरमा निमा रुम्बाको अवतरण पछि कलाकार ,आयोजक तथा उनका प्रशंसकहरु निकै हर्षित भएका छन् ।

अन्य कार्यक्रम भन्दा यस पटक बृहत लाई लाइभ सांगीतिक कार्यक्रम हुनेछ । कार्यक्रमका विशेष आकर्षक निमा रुम्बा रहनेछन् । साथै एञ्जल्स ब्याण्डका राजु लामा लगायतका केही प्रतिभाशाली युवा कलाकारहरुमा रजल लामा, पूर्णिमा आचार्य, उत्तम श्रेष्ठ, पेमा मान सिंह तामाङ, हु नोज ब्याण्डको आकर्षक प्रस्तुतिहरु रहने आयोजकले बताएका छन् ।

कार्यक्रमलाई भब्य बनाउन साथी बाल्टिमोर र ईनास मेरिल्याण्डले विशेष सहकार्य गरेको छ भने नाम्लो ईभेन्टस् , जेन ट्राभल्स, घिमिरे होम्स्, बाल्टिमोर बिजनेस ब्रोकरेज (निक अधिकारी)लगायतका थुप्रै स्थानीय ब्यक्ति तथा संघसंस्थाहरुले समेत प्रत्यक्ष अप्रत्यक्ष बिभिन्न रुपमा साथ र सहयोग गरिरहेका छन्।

चर्चित संचारकर्मी तथा उद्घोषक सरोज केसीले कार्यक्रम संचालन गर्ने छन् ।

टिकट तथा थप जानकारीका लागि सम्पर्क :- बिकी थापा ४४३-४४७-०८०१ सृजन ताम्राकार ४४३-९२९-५८८५ राजु लामा ४४३-६००-०५०८ प्रबिण खड्का ४४३-७३९-५८७९ अपार श्रेष्ठ ४४३-४१८-४३४४

प्रतिक्रिया