शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

क्रियटिभ नेपाल यूथ अर्गनाईजेसन टोली तथा क्रियटिभ व्हाइट टोली दोश्रो गोर्खा कप प्रतियोगिता जित्न सफल

इनेप्लिज २०७९ साउन १७ गते १:२९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा आयोजित दोश्रो गोर्खा कप प्रतियोगिता क्रियटिभ नेपाल यूथ अर्गनाईजेसन टोली तथा क्रियटिभ व्हाइट टोलीले बाजी मारेको छ । दुवै टोलीले बिजयी हासिल गरेका छन् ।

गोर्खा कप बे एरियाले आयोजना गरेको “दोश्रो गोर्खा कपमा “ क्रियटिभ नेपाल यूथ अर्गनाईजेसनको ३५ जोड (३५ + )क़ो टोली (टिम )तथा क्रियटिभ व्हाइट टिम(टोली) दुबैले आ-आफ्नो समूहमा जीत हासिल गदै प्रथम भएका छन् ।

दुवै टोली बिजयी हुनुको साथै पदक सहित $२,००० र $१,५०० नगद प्राप्त गर्न सफल भएका छन् ।

आयोजक गोर्खा कप बे एरिया हो भने गत बर्ष पनि क्रियटिभले बिजयी हासिल गरेको थियो ।

२ दिन सम्म संचालन भएको यो प्रतियोगितामा १७ खेल टोलीले भाग लिएका थिए । प्रतियोगिता रिचमण्ड क्यालिफोर्नियामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया