शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:१२
वासिङटन डिसी 21:27

अमेरिका नेपाल सहयोगी समाज (ANHS) को तीज महोत्सव अगष्ट २७ मा हुने

इनेप्लिज २०७९ साउन १६ गते २२:०१ मा प्रकाशित

भर्जिनियाको मनासस शहरमा क्रियाशील नेपालीहरुको संस्था अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले प्रत्येक वर्ष आयोजना गर्ने तीज महोत्सव–२०२२, यस वर्षको लागि अगष्ट महिनाको २७ गते शनिबारको दिन हुने भएको छ । कोरोना कहरका कारण विगत २ वर्षका तीज कार्यक्रमहरु अनलाइन माध्यमबाट सम्पन्न गरेको संस्थाले यस वर्ष भने कोरोनाको प्रकोप कम हुँदै गएपछि भौतिक उपस्थितिमै गर्ने निर्णय गरेको हो ।

भर्जिनियास्थित 6100 Antioch Rd, Haymarket VA 20169 मा आयोजना हुने कार्यक्रमको लागि अमेरिका नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार कमला खरेलको संयोजकत्वमा जानु ओझा, कामना पन्थी अधिकारी तथा तनुजा पोखरेल अधिकारी सदस्य रहनुभएको तयारी समिति निर्माण गरिएको छ ।

नेपाली भाषा, कला र संस्कृतिको उत्थानमा स्थापनाकालदेखि नैं विभिन्न कार्यक्रमहरु गर्दै आएको यस संस्थाका कार्यक्रमहरु मध्ये तीज महोत्सव निकै लोकपृय तथा धेरै जनसहभागिता हुने कार्यक्रम हो । भर्जिनिया लगायत आसपासका अन्य राज्यहरुबाट समेत यो कार्यक्रमको लागि धेरै नेपालीहरु आउने गर्दछन् ।

कार्यक्रममा आउने सहभागिहरुलाई विभिन्न नेपाली खानाका परिकारहरु (दर) को पनि निःशुल्क व्यवस्था गरिएको छ ।

दिउसो २ बजेदेखि वेलुका ९ बजेसम्म आयोजना हुने कार्यक्रममा महिलाहरुले तीजसम्वन्धि विभिन्न नृत्य तथा गीत प्रस्तुत गर्ने गर्दछन् । कार्यक्रम सफल बनाउनको लागि अमेरिका नेपाल सहयोगी समाजका सम्पूर्ण सदस्य लगायत यस क्षेत्रमा कृयाशील अन्य संघसंस्थाका प्रतिनिधिहरु तथा विभिन्न सहयोगी दाताहरुलाई सहयोगको लागि अनुरोध समेत गरिएको छ ।

यसपालिको तीजमा हामी पनि नाच्ने हो ।

सबै मिलि रमाउँदै कम्मर भाँच्ने हो ।।

स्मरण रहोस् कि अमेरिका नेपाल सहयोगी समाजले विभिन्न सामाजिक कार्यक्रमका साथै सबैखाले नेपाली चाडपर्वसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ र नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण, संj4{g र प्रव4{g गर्ने उद्देश्यले अमेरिकामा वा बिदेशमा जन्मिएका नेपाली मूलका बालबालिकाहरुको लागि सन् २०१६ देखि नैं निरन्तर रुपमा नेपाली पाठशाला अमेरिका नेपाल शिक्षा सदन (ANHS ACADEMY) पनि सञ्चालन गर्दै आएको छ । जसमा अध्ययनरत विद्यार्थीहरुले नेपाली राम्रोसँग लेख्न, बोल्न, कुराकानी गर्न र कार्यक्रमहरु सञ्चालन गर्न समेत सक्षम भएका छन् ।

तीज महोत्सव हुने स्थान M 6100 Antioch Rd, Haymarket VA 20169

समय M दिउसो २ बजेदेखि व]लुका ९ बजेसम्म

महोत्सव हुने मिति M अगष्ट २७, शनिबार

 

प्रतिक्रिया