रोटरी क्लब अफ काठमाडौ डाउनटाउन र ग्रिनसिटीद्धारा बृहत स्वास्थ्य शिविर , स्थानीय पांच सय बढीले स्वास्थ्य सेवा पाएकोमा दंग

टंक पन्त २०७९ साउन १६ गते १६:४५ मा प्रकाशित

 

 

काठमाडौ । ग्रिनसिटी अस्पताल र रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले टोखाको गणेश्स्थानमा आयोजना गरेको बृहत स्वास्थ्य शिबिरबाट करीब पांच सय नागरिक लाभान्वित भएका छन ।
स्थानीय भगवती क्लबको सहकार्यमा भएको स्वास्थ्य शिविरबाट स्थानीय सर्ब साधारणले सबै खाले स्वास्थ्य उपचार पाएको रोटरी क्लब अफ काठमाडौ डाउनटाउनका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराउनु भएको छ ।


खास गरी आर्थिक अभाबका कारण अस्पताल जान नसक्ने अस्पताल गएर सबै जांच गराउन नसक्नेका लागि स्वास्थ्य शिविर सबै भन्दा बढी उपयोगी भएको र ती नागरिकहरु निकै खुशी भएका थिए ।
टोखा नगरपालिका —२ मा आयोजना गरिएको स्वास्थ्य शिविरबाट गाउं नै खुशी भएर स्थानीय बासिन्दाले रोटरी क्लब अफ काठमाडौ डाउनटाउन र ग्रिनसिटी अस्पताल परिबारलाई समयमा समयमा यस्तो स्वास्थ्य शिबिर भैराखे हुन्थ्यो भन्ने अपेक्षा पनि गरेका थिए ।
बरिष्ठ मुटुरोग बिशेषज्ञ डा अनिल भटराई , बरिष्ठ जनरलसर्जन डा रोमियो कंशाकार , बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा रुपा झा , बरिष्ठ फिजिसियन डा खेम भुसाल , बरिष्ठ रेडियोलोजिष्ट डा भवानी यादब , बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा यज्ञ अधिकारी , बरिष्ठ फिजिसियन डा रोशन ढकाल सहित एमबिबिएस चिकित्सकहरु , स्टाफनर्सहरु र फार्मेसीका कर्मचारीहरुले स्वास्थ्य शिबिरमा महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए ।


प्रतिष्ठित अस्पतालमा कार्यरत चिकित्सकहरुले स्वास्थ्य शिबिर मार्फत गर्न संभब भएसम्म सबै उपचार गरेका थिए त्यहां संभब नभएको उपचारका लागि अन्य अस्पतालमा रिफर समेत गरेका थिए । स्वास्थ्य शिविरमा करिब पांच लाख बराबरको औषधि पनि निशुल्क बितरण गरिएको थियो ।

ग्रिनसिटी अस्पतालका फाइनान्स डाइरेक्टर रेनुका गुरुङले सामाजिक सेवामा क्रियाशील रोटरी क्लब र ग्रिनसिटी अस्पतालले आगामी दिनमा पनि बिभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने जानकारी गराउनुभएको छ ।


रोटरी क्लब अफ काठमाडौ डाउनटाउनका निबर्तमान अध्यक्ष श्यामबहादुर पराजुली , सचिब बिष्णु पोख्रेल , अमोल प्रधान , राजकुमार बैदवार , केशरीराज पण्डित र भगवती क्लबका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको स्वास्थ्य शिबिरमा पुरुष भन्दा महिलाहरुले बढी लाभ लिएको बताइएको छ ।

[email protected]

प्रतिक्रिया