युक्रेनी सेनाले दक्षिणी युक्रेनको लडाईमा १०० भन्दा बढी रुसी सैनिक मारिएको र सातवटा युद्ध बख्तरबन्द ध्वस्त भएको बताएको छ ।
युक्रेनी सेनाका अनुसार दक्षिणको लडाईमा दर्जनौं रूसी सैनिकहरूलाई मारेको बताएको छ । साथै खेरसोन क्षेत्र सहित कीभको रक्षा गर्ने केन्द्रबिन्दु तथा मस्कोको आपूर्ति क्षेत्रहरू जोड्ने प्रमुख क्षेत्र भएको जनाईएको छ ।
सेनापतिका अनुसार क्रिमिया र पूर्वमा आपूर्तिबाट नदीको पश्चिममा रूसी सेनाहरूलाई अलग पार्दै नीपर नदीमा खेरसनको लागि रेल सेवा काटिएको सेनाको दक्षिणी क्षेत्रका सेनापतिले गत शनिबार बताए ।
युक्रेनले हालैका हप्ताहरूमा नीपरका तीनवटा पुलहरूलाई नराम्ररी क्षति पुर्याउन पश्चिमीले प्रदान गरेका सलामो दूरीको क्षेप्यास्त्र प्रणालीहरू प्रयोग गरेको छ ।
युक्रेनी सेनाको दक्षिणी नेतृत्वले शुक्रबार दक्षिणमा भएको लडाईमा १०० भन्दा बढी रुसी सैनिक मारिएको र सातवटा ट्याङ्की (युद्ध बख्तरबन्द )ध्वस्त भएको बताएको छ ।
खेरसन क्षेत्रीय परिषद्का प्रथम उपप्रमुख युरी सोबोलेभस्कीले बासिन्दाहरूलाई रूसी गोला बारुदको आक्रमणबाट टाढा रहन आह्वान गरेका छन् ।
अल जजिराले यी सबै विवरणहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकेको जनाएको छ ।
प्रतिक्रिया