सा रे गा मा पा बंगालका उप विजेता साईराज खातीको ‘कसम’ सार्वजनिक ( भिडियो

इनेप्लिज २०७९ साउन १५ गते १०:१४ मा प्रकाशित

काठमाडौं – सा रे गा मा पा बंगालका उप विजेता गायक साईराज खातीको सुमधुर स्वरमा सजिएको ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द कुमार मिश्रको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

गौतम बुद्ध जन्मस्थल लुम्विनी भित्र छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। भिडियोमा कमल सिंह र ललना चिमरिया बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। विकाश दाहालले सम्पादन गरेको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। भिडियो ‘केके अक्टेभ’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया