मिस धरान आइकन प्रतिष्पर्धीसंग धरानका मेयर हर्क साम्पाङ, बोल्दाबोल्दै भक्कानिए (भिडियो सहित)

इनेप्लिज २०७९ साउन १४ गते २०:०५ मा प्रकाशित

इटहरी/ यतिबेला फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान आइकन -२०२२’ को आयोजना भैरहेको छ । प्रतिष्पर्धीहरुलाई आयोजकले र्याम्प वाल्क सहित विभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्यमा सहभागी गराईरहेको छ । यसैक्रममा आज शनिबार धरानको विपि पार्क (ओसो पार्क) मा बृक्षरोपण कार्यमा सहभागी भएका छन् । धरानका मेयर हर्क साम्पाङ तथा धरानेहरुको सक्रियतामा भैरहेको बृक्षरोपण कार्यमा मिस धरान आइकनका प्रतिष्पर्धीहरु विभिन्न बिरुवासहित आज बिहान ८ बजे सहभागी भएका थिए । प्रतिष्पर्धीहरुलाई मेयर सम्पाङले आफ्नो कुराहरु सुनाउने क्रममा भक्कानिएर रोएका छन् । हेर्नुस् भिडियो ।

आफुलाई पाएको यो साथ र सहयोग सम्झिदै मेयर साम्पाङले उपस्थित प्रतिष्पर्धीहरु र अन्य धरानेहरुमाझ आशु रोक्न सकेनन् । बोल्ने कोशिश गर्दा गर्दै पनि नसकेपछी ‘देश सोच्नुस, देशकै लागि कर्म गर्नुस र एकदिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने प्रेरणा दिन चाहन्छु’ भन्दै बिदा भए । मिस धरान आइकनका प्रतिष्पर्धीहरुले आफै बिरुवाहरु रोपेका थिए । मिस धरान आइकन २०२२ मा १८ जना धराने सुन्दरिहरुको सहभागिता रहेको छ ।

प्रतिष्पर्धामा धरान निवासी सेलि श्रेष्ठ, देनिशा श्रेष्ठ, बिपिका लिम्बू, नमिता राई, सबु बराईली, सृष्टि लामा, सकुन्तला फुयाल, निवा लिम्बू, प्रजना राई, रानु श्रेष्ठ, सुमिना बिक, स्वेक्षा मगर, स्वेता पोख्रेल, सारा गुरुङ, खुशी बस्नेत, प्रीती शाह, आशमाया राई र रोजनी लिम्बू सहभागी रहेका छन् । मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिजम क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले मिस धरान आइकनको कोरियोग्राफी गरिरहेकी छन् भने परिकला फोटोग्राफीले यो सौन्दर्य प्रतियोगिताको फोटो तथा भिडियोग्राफी गरिरहेको छ । मिस धरान आइकन २०२२ मा बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब-टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया