शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:२१
वासिङटन डिसी 21:36

बानाले भलिबल प्रतियोगिताका बिजयी खेल टोलीलाई १० हजार डलर बराबरको नगद तथा पुरस्कार दिदै ,निर्णायक खेल आज धमाधम हुदै

विजय थापा २०७९ साउन ८ गते १५:४५ मा प्रकाशित

अमेरिकाको मेरील्याण्डको बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)ले यस बर्ष भलिवल प्रतियोगिताका बिजयी खेलाडीहरुलाई १० हजार डलर बराबरको नगद तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

जुलाई २३ -२४ का दिन आयोजना भै रहेको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरु सहित १८ वटा खेल टोलीहरुको सहभागिता रहेको छ । गत जुलाई २३ का दिन शनिबार बिहान १० बजे कार्यक्रमको विधिवत शुभारम्भ गरिएको थियो । यस पटक महिला भलिवल प्रतियोगिता पनि भै रहेको छ ।

आज जुलाई २४ आईतबारका दिन अन्तिम तथा निर्णायक खेलहरु खेलाईने छ भने धमाधम प्रतिश्प्रद्धा भै रहेको छ । प्रथम हुनेलाई ५,५५५ डलर ,द्वितीय हुनेलाई ३,३३३ तथा महिला खेल टोलीलाई पनि ११,११ तथा उप बिजेतालाई ५५५ डलर  समेत पुरस्कारको व्यवस्था गरिएको छ । कूल १० हजार डलर नगद तथा अन्य विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था मिलाईएको छ ।

अमेरिकामा भलिवल प्रतियोगिता यत्रो ठूलो राशिको नगद तथा सम्भवत नेपाली समुदायमा पहिलो हो । गत बर्ष देखि संचालन भएको प्रतियोगितामा यस पटक रकम पनि वृद्धि गरिएको छ ।

केही समय औपचारिक कार्यक्रम रहेको थियो भने बिदेशी अतिथीमा  वाल्टिमोर काउन्टीका परिषद सदस्य  डेविड म्यान सहित पदाधिकारीहरुले छोटो मन्तब्य राखे पछि खेल शुभारम्भ गरिएको थियो । कार्यकमको अध्यक्षता सुबोध पन्तले गरेका थिए ।

कार्यक्रम संयोजक भिम केसीले कार्यकम बारेमा बोलेका थिए भने बानाका ट्रस्टी प्रभु थापा ,बानाका सल्लाहकार दमनबिक्रम शाह लगायतले शुभकामना दिएका थिए । महासचिव सागर घिमिरेले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

प्रतियोगितामा बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्याण्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्याण्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइट लगायत १८ वटा टोली रहेका छन्

पुरुष तर्फको प्रतियोगितामा समुह क बाट फारवेष्ट टेक्सस विजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको छ भने बेलमोन्ट उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेको छ ।

यस्तै समुह ख बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्याण्ड उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया