गत साउन ७ का दिन मुलुक भित्र र नेपाल बाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदकबाट सम्मानित गरिएको छ ।
गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरु नइ रजत महोत्सव पदकबाट सम्मनित भएका छन् ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमेरिका निवासी प्रा.मोहन सिटौलालाई महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरे । ताम्रपत्र सहित सो पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ ।
महासमालोचक प्रा.डा.त्रिपाठीले देशविदेशका १० जना महानुभावलाई ताम्रपत्र सहित जनही एक लाख रुपियाँ राशिका २०७८ सालका नइ पुरस्कार प्रदान गरेका थिए ।
समारोहमा शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, देशभक्त चिन्तक भैरव रिसाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, चिकित्सक डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’, समालोचक प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, अभिनयका लागि सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गरिएको थियो ।
यसरी पुरस्कृत हुनेहरु मध्ये बिराटनगरकी अध्यापन गराउने उपदेशक (लेक्चरर )ईश्वरी गौतम पनि सम्मानित भएकी छिन । उनले पुरस्कार प्राप्त भए पछि हर्ष व्यक्त गर्दै यो सम्मानले आफू निकै उत्साहित भएको बताइन । साथै उनले अझ साहित्यमा जिम्मेवारी थपिएको भन्दै यस्मा लागी रहने ईनेप्लिजलाई बताईन ।
पुरस्कार लिन बिराटनगरबाट काठमाडौँ पुगेकी थिइन् ।
समारोहमा पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन भएको थियो ।
प्रतिक्रिया