राजेशपायलको संगीतमा रुक्साना र निमाको ” बाबा -छोरी ” सार्वजनिक

इनेप्लिज २०७९ साउन ७ गते १९:०९ मा प्रकाशित

धरान / नेपाली संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेका हाल अमेरिकामा बसोबास गर्ने दमकका प्रतिभाशाली गायक निमा तामांगले द भोइस किड्सकि फाइनालिस्ट बाल गायिका रुक्साना लिम्बुसँग गएको युगल गीत ” बाबा -छोरी ” आरपीआर म्युजिक एकेडेमी युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गायक राजेश पायल राईको संगीत रहेको गीत डीपी खनालले रचना गरेका हुन्। स्टुडियो भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् भने गीत किङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

बाबा -छोरी बिचको संवादलाई सुन्दर रचना तथा संगीतले उत्क्र्स्ट बनाएको छ। तेह्र बर्ष अघि आलोक श्रीको शब्द -संगीतमा इलामको चियाबारीमा बोलको गीत पहिलो पल्ट रेकर्ड गराएका गायक निमा तामांगले गएको १ बर्षदेखि गायनमा स्थापित हुने क्रममा रहेका छन्। एक बर्षको आसपासमा उनले हेर्देउन मायाले, कुन शब्दले , टाटा सुमोले ,बाँध मायाले जस्ता आधुनिक तथा लोकभाकाका गीतहरु सार्वजनिक गरिसकेका छन्। ति गीतहरुले केहि मात्रामा आफुलाई गायकको रुपमा चिनाउन मद्दत पुगेको बताउने निमाले चांडै नै अन्य राम्रा राम्रा गीतहरु निकाल्ने क्रममा छन्। आफुलाई सुहाउने जस्तो पनि गीत गाउन सक्ने क्षमता राख्ने निमालाई शुभकामना।

 

प्रतिक्रिया