रुसद्वारा युक्रेनमा चार उच्च गतिशीलता तोपखाना प्रक्षेपास्त्र प्रणाली नष्ट गरेको दाबि गरेको छ । कीभले ‘नक्कली’ भनी अस्वीकार गरेको दाबीलाई रुसले अमेरिकाले उपलब्ध गराएको उच्च गतिशीलता तोपखाना प्रक्षेपास्त्र (रकेट )प्रणाली मध्ये चार नष्ट गरेको बताएको छ।
रुसको रक्षा मन्त्रालयले यस महिनाको सुरुमा युक्रेनमा अमेरिकाले उपलब्ध गराएको चारवटा हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (अर्थात् उच्च गतिशीलता तोपखाना प्रक्षेपास्त्र प्रणाली -एचआईएमएआरएस ) नष्ट गरेको बताएको छ।
जुलाई ५ र २० को बीचमा “अमेरिकी निर्मित बहु प्रक्षेपण प्रणालीको लागि चार मार हान्ने उपकरण र एक पुन रिलोडिङ(माल लाद्ने ) वाहन नष्ट गरेको गत शुक्रबार आफ्नो दैनिक विवरणमा रुसले दाबी गरेको छ ।
कीभले मस्कोको उक्त दावीलाई अस्वीकार गरेको छ भने युक्रेनका लागि पश्चिमको समर्थनलाई कमजोर पार्न ढाचा गरिएको “नक्कली” भनिएको छ ।
युक्रेनले हालैका हप्ताहरूमा रुसले आफ्नो जनसंख्यालाई आतंकित पार्ने जानाजानी शहरहरूमा क्षेप्यास्त्र र प्रक्षेपास्त्र हमलाहरू तीव्र पारेको आरोप लगाएको छ। हजारौं मानिसहरू मारिएका छन् र रूसी बमबारीबाट शहरहरू ध्वस्त भएका छन ।
मस्कोले जानाजानी नागरिकमाथि गोली चलाएको अस्वीकार गर्दै आफ्ना सबै निशाना सैन्य भएको बताएको छ।
प्रतिक्रिया