वाशिंगटन डिसीमा फेला परेकी नेपाली चेली सृजना श्रेष्ठको परिवारबाट दोश्रो लिखित वक्तब्य सार्वजनिक
अमेरिकाको राजधानी वाशिंगटन डिसीको सडकमा स्वास्थ्य सम्बन्धि समस्यासंग जुधी रहेकी नेपाली चेली सिर्जना श्रेष्ठको परिवारबाट दोश्रो पटक लिखित वक्तब्य आएको छ ।
पूर्ण वक्तब्य पढ्न र यस बिषयमा जानकारी लिन श्रीजना श्रेष्ठकाे परिवारद्वारा जारी गरिएको बिज्ञप्तीको पूर्ण पाठ जस्ताको त्यस्तै :
विगत केही दिनहरुमा हामी पिडित परिवारहरुले सामना गर्नु परेको परिस्थितिले हामी समस्त परिवार अत्यन्तै दुखित र निराश भएका छौं। ब्यक्तिगत लाभ बाहेक अन्य कुनै उचित कारणबिना प्रचारप्रसार गर्ने विभिन्न समाचार र मिडिया पोष्टहरूले हाम्रो बहिनीको निरासजनक भिडियोको प्रचारप्रसारको क्रम अझै जारी राखेको सुन्दा हामीलाई एकदमै दुःख लागेको छ। हाम्रो मौनतालाई हाम्रो कमजोरीको रूपमा नालिइयोस भन्ने उद्देश्यले आज हामी तपाईंहरूको समक्ष यो बक्तब्य जारी गर्दैछौं।
हाम्रो मौनतालाई हाम्रो कमजोरीको रूपमा नालिइयोस भन्ने उद्देश्यले आज हामी तपाईंहरूको समक्ष यो बक्तब्य जारी गर्दैछौं।
सबैले आफ्नो विश्वासघात नगरियोस, बेज्जत नगरियोस र ब्यक्तिगत गोपनियता कायम राखियोस् भन्ने अपेक्षा राखेको हुन्छ र हाम्रो बहिनिको पनि उचित रुपमा सोही अपेक्षा हुनु स्वाभाविक कुरा हो। तर सो कुराको बेवास्ता गरी भिडियो खिचेर परोपकारको नारा लगाउदै सार्वजनिक गर्दा यसबाट विश्वासघात र बहिनीको सामाजिक अपहेलना भएको कुरा कदापी नकार्न मिल्दैन। परिवार समक्ष पुर्याउने भावनाले बनाईएको भिडियो पोस्ट परिवारको मर्म बुझे पछि र अनुरोध पश्चात नहटाईदा नियत खराब भएको पुस्टि हुन्छ। तर इमानदारी, मर्यादा र गोपनीयताको कसले ख्याल राख्छ आजका दिनमा? सबैजना केही न केहि चर्चाको बिषयको खोजीमा हुन्छन, तर को, कहाँ, कसरी पीडित बन्न पुग्छ भन्ने कसैलाई मतलब नै हुँदैन। फेरी यी सामाजिक प्लेटफर्महरू यस्ता गलत कार्यहरू सुरु हुन दिने र फस्टाउन दिने माध्यम हुन् जसमा गल्ती गर्नेहरूको प्रशंसा मात्रै देखिन्छ तर सम्बन्धित समाज, परिवार तथा व्यक्तिलाई चोट पुगेको कदापी देखिंदैन।
परिवार समक्ष पुर्याउने भावनाले बनाईएको भिडियो पोस्ट परिवारको मर्म बुझे पछि र अनुरोध पश्चात नहटाईदा नियत खराब भएको पुस्टि हुन्छ।
हामी परिवारहरु श्रीजनाको अवस्थाबारे सचेत छौँ र तपाईहरुलाई पनि सचेत गराउन चाहन्छौं कि उनको स्वास्थ्यको अवस्थालाई गंभीरता पुर्बक नियाल्न आवश्यक छ। हामी श्रीजनाको स्वास्थ्य उपचारमा संलग्न डाक्टरहरू र क्येरटेकरहरूसँग मिलेर आवश्यक उपचार गर्दै आइराखेका थियौं र गर्दै पनि छौं जसले यस्ता केसहरूमा दशकौं काम गरेको अनुभव बोकेका छन् र बिरामीहरूलाई मानवता र मर्यादाका साथ व्यवहार गर्दछन। श्रीजना परिवारसँग निरन्तर सम्पर्कमा छिन् र उनको स्वास्थ्यको लागि लिनु पर्ने कुनै पनि निर्णयहरू केवल हामी, उनको परिवारमाथि मात्रै छोड्न सकिन्छ। हामी तपाईंहरुलाई यो पनि जानकारी गराउन चाहन्छौं कि परिवार र साथीहरू अझ बढी एकताबद्ध छन् र श्रीजनाको सन्दर्भमा परिवार भन्दा राम्रो कसैले सोच्न सक्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ।
श्रीजना परिवारसँग निरन्तर सम्पर्कमा छिन् र उनको स्वास्थ्यको लागि लिनु पर्ने कुनै पनि निर्णयहरू केवल हामी, उनको परिवारमाथि मात्रै छोड्न सकिन्छ।
पोस्ट र समाचार लेखहरू सामाजिक सञ्जाल र इन्टरनेटबाट हटाउन सकिन्छ तर कन्टेन्ट क्रीयेटरहरू र उनीहरूका सहयोगीहरूले हाम्रो बाहिनी, हामी र हाम्रा साथीहरूमाथि पुर्याएको क्षति अपूरणीय छ र तिनीहरूको कार्यहरू निन्दनीय छन्। तपाईंहरू धेरैले कसरी मद्दत गर्न सक्छौं भनेर सोध्नु भएको रहेछ। हामी तपाईहरु सबै जनालाई श्रीजना र परिवारलाई एक्लै छाडी दिनुहुन अनुरोध गर्दछौं ताकि हामी उनको डाक्टरहरूसँग उचित उपचार गर्ने तिर आफ्नो समय र ऊर्जा केन्द्रित गर्न सकौं। आशा छ तपाईहरुले हाम्रो अनूरोध र विश्वासको सम्मान गर्नु हुनेछ। अनि आगामी दिनहरूमा हामी तपाईंहरू प्रत्येकबाट त्यस्ता पोष्टहरू र कुनै पनि सम्बन्धित कनटेन्टको प्रचारप्रसारलाई रोक्नको लागि पूर्ण सहयोगको अपेक्षा पनि राखेका छौं। कन्टेन्ट क्रीयेटरहरू, सहयोगीहरू र समाचार संस्था का सदस्यको लागि हामी श्रीजनाको ब्यक्तिगत गोपनीयताको सम्मान गर्न र उनको विश्वासलाई फेरि उल्लङ्घन नगर्न अनुरोध गर्दछौं।
अनि आगामी दिनहरूमा हामी तपाईंहरू प्रत्येकबाट त्यस्ता पोष्टहरू र कुनै पनि सम्बन्धित कनटेन्टको प्रचारप्रसारलाई रोक्नको लागि पूर्ण सहयोगको अपेक्षा पनि राखेका छौं।
अन्त्यमा, यस महत्त्वपूर्ण मामिलामा हाम्रा साथीहरू, परिवार र शुभचिन्तकहरूको अथक सहयोगको लागि हामी हृदय देखि आभारी छौं। प्रत्येक व्यक्तिको सहयोग बिना हामी यो हदसम्म परिस्थितिलाई नियन्त्रण गर्न सक्षम हुने थिएनौं। आशा छ यो नियन्त्रण जारि रहने छ।
श्रेष्ठ परिवार :
गत जुलाई १७ ,२०२२ दिउसो १:५१ मिनेटको समयमा अन्जना श्रेष्ठलाई डिसी कै सडकमा डिसीमै व्यवसाय संचालन गर्ने महिला व्यवसायी अन्जना बस्यालले अचानक भेटेकी थिइन् । नेपाली भएको नाताले त्यो अवस्थामा उनको परिवारलाई जानकारी होस् भन्ने हेतुले सामाजिक संजालमा सिर्जनासंगै अनुमति लिएर भिडियो(अङ्किय दृश्य) बनाएकी थिइन् । तर हाल परिवारकै आग्रहमा बस्यालले उक्त अङ्किय दृश्य (भिडियो )हटाई सकेकी छिन ।
ईनेप्लिजले पनि दुई पटक समाचार प्रकाशित गरि सकेको छ । यो परिवारको वक्तब्य सहित तेश्रो पटक समाचार प्रकाशित गरेको छ ।
साथै यसै वक्तब्य सहित अंग्रेजीमा पनि वक्तब्य प्रकाशित गरिएको छ ।
यो हेर्न यहा थिच्नु होला :
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया