शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:५५
वासिङटन डिसी 22:10

पोखरा विश्वविद्यालय क्रिकेट क्लवको उपाध्यक्षमा बिज्ञान कार्की !!

मदन बस्नेत २०७९ साउन ४ गते २१:४२ मा प्रकाशित

 

मदन बस्नेत, क्यानाडा। नेपलिज क्यानडियन क्रिकेट क्लबका सल्लाहकार विज्ञान कार्की पोखरा विश्वविद्यालय क्रिकेट क्लवको उपाध्यक्षमा निर्वाचित भएका छन्।

पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा बसेको बैठकले विज्ञान कार्की उपाध्यक्ष्यमा निर्वाचित गरेको हो।

नेपलिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले “नेपालिज क्यानडियन क्रिकेट क्लवमा सल्लाहकार भूमिकामा रहनु भएका बिज्ञान कार्की पोखरा विश्वविद्यालय क्रिकेट क्लवको उपाध्यक्षमा निर्वाचित हुँदा खुशी लागेकोको बताउँदै पोखरा विश्वविद्यालय क्रिकेट क्लवलाई नेपालिज क्यानडियन क्रिकेट क्लवको तर्फबाट आगामी दिनकोलागि शुभकामना पनि दिनु भएको छ।

वहाँले कार्कीको नियुक्तिले पोखरा विश्वविद्यालय क्रिकेट क्लवले आगामी दिनमा अझै प्रगति गर्ने र पुरुष क्रिकेटको साथसाथै महिलालाई पनि यस खेल तर्फ थप प्रोत्साहन गर्दै अगाडि बढेको देख्न पाईने विश्वास व्यक्त गर्नु भएको छ।

नेपलिज क्यानडियन क्रिकेट क्लबले केही दिन अगाडि नेपाल र क्यानाडाको राष्ट्रिय टोली समाल्लित दुई एकदिवसीय प्रतियोगिता क्यानाडामा नेपाली टिमलाई निमन्त्रणा गर्दै एतिहासिक कार्यक्रम सम्मपन्न गर्न सहयोग गरेको थियो।

नेपालिज क्यानडियन क्रिकेट क्लवले सामाजिक सञ्जाल फेसबुकबाट पोखरा विश्वविद्यालय क्रिकेट क्लवको नव नियुक्त कमिटी र विज्ञान कार्कीलाई बधाई दिएको छ।

– मदन बस्नेत, क्यानाडा।

प्रतिक्रिया