शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:१५
वासिङटन डिसी 23:30

महङ्गो स्थानमा बसोबास गर्ने नेपाली हरुको नाम मा…

नवीन रायमाझी २०७९ साउन २ गते २२:५९ मा प्रकाशित

अमेरिकामा रहेका प्राय: नेपालीले आफू बसेको राज्य वा शहर सबैभन्दा महङ्गो भएको दाबी गर्ने गरेका छन्।

यो दाबी उहाँहरुले के को आधारमा गर्नु भएको हो, त्यो मलाई थाहा नभएको विषय हो। तर मेरो विचारमा राज्य वा शहर जतिसुकै महँगो र त्यहाँका बासिन्दा जतिसुकै धनी र उच्च ओहदामा पुगे पनि त्यो ठाउँको सामाजिक र आर्थिक अवस्था उच्च छैन भने त्यो खोक्रो दाबी हो। यसको कुनै औचित्य हुदैन।

एकछिनलाई मान्नुस तपाईं ओकल्याण्ड, क्यालिफोर्नियामा बसोबास गर्नुहुन्छ भने के तपाईं बर्तमान उपराष्ट्रपति कमला ह्यारिससँग बसेर कफी पिउन सक्नुहुन्छ?

सायद सक्नुहुन्न। अधिकाँश नेपाली जुन राज्य, शहर र काउन्टीमा बसे पनि सस्तो भाडा दर भएको क्षेत्रमा बसोबास गर्ने हुन्, केही अपवादलाई छोडेर।

कति नेपाली त सामुदायिक आवास (कम्युनिटी हाउजिङ्ग) मा बस्छन्। यसका साथै सबैले आफ्नो छोराछोरी वा आफू पढ्ने विश्वविधालयलाई टप– टेनमा पर्ने दाबी गरिरहेका हुन्छन्, यसको पनि आधार के हो बुझ्न सकिएको छैन।

हालै अमेरिकी सरकारको गृह प्रशाषनले गत बर्ष (सन् २०२२) अमेरिकाभरिका राज्य र शहरहरुको अपराध दर, शैक्षिक स्तर, आर्थिक अवस्थालाई मध्यनजर गर्दै सबै ५० राज्यको एक देखि ५० सम्म स्तर निर्धारण गरेको छ। तर यहाँ म एकदेखि दश स्थान ओगट्ने शहरको मात्र तथ्याङ्क पेश गर्दैछु।

सबैभन्दा सुरक्षित प्रथम दश राज्यहरुमा मेन, भर्मन्ट, न्यु हेम्पसायर, न्यु जर्सी, आयडाहो, भर्जिनिया, रोड आइल्याण्ड, कनेक्टिकट, वायोमिङ र मासाचुसेट छन्। त्यसैगरी सबैभन्दा बढी अपराध हुने राज्यहरुमा अलास्का, न्यु मेक्सिको, टेनेस्सी, अर्कान्सास, नेभाडा, लुजियाना, अलबामा, मिसौरी, साउथ क्यारोलिना र एरिजोना रहेका छन्।

यसैगरी सबैभन्दा सुरक्षित शहरहरुमा प्रोभो र ओरेम (उटा), ल्यान्चेस्टर (पेन्सेल्भेनिया), पोर्टल्यान्ड र साउथ पोर्टल्यान्ड (मेन), ग्रीन बे (विस्कान्सिन ), पकिप्सी,न्यु बर्घ र मिडल टाउन (न्युयोर्क), नेपल्स र मार्को आइल्याण्ड (फ्लोरिडा), ब्रिजपोर्ट, स्टामफोर्ड र नर्वाक (कनेक्टिकट), एलनटाउन, बेथलेहम र इस्टन (न्यु जर्सी), हरिसबर्ग र कार्लाइल (पेन्सेल्भानिया) र रिडिङ्ग (पेन्सेल्भानिया) रहेका छन्।

त्यस्तै सबैभन्दा खतरनाक शहरहरुमा प्रति एक लाख मान्छे मध्ये अपराध पिडित सङ्ख्याको आधारमा डेट्रोइट (मिचिगन), सेन्ट लुइस (मिसौरी), मेम्फिस (टेनेस्सी), बाल्टिमोर (मेरिल्याण्ड), स्प्रिङ्ग फिल्ड (मिसौरी), लिटल रक (अर्कान्सास), क्लेभ ल्यान्ड (ओहायो), स्टकटन (क्यालिफोर्निया), आल्बुकर्की (न्यु मेक्सिको) र मिलबाउकी ( विस्कान्सिन) रहेका छन्।

यस्तै जीवनस्तर, दैनिक उपभोग्य बस्तुको मुल्य, घर भाडा र बत्ति–पानी र टेलिफोन को शुल्क (पूर्णाक ५०) को आधारमा सबैभन्दा महँगो राज्यमा हवाई, क्यालिफोर्निया, न्युयोर्क, मासाचुसेट, मेरिल्याण्ड, ओरेगन, अलास्का, कनेक्टिकट, रोड आइल्याण्ड र न्यु जर्सी रहेका छन्।

त्यस्तै सबैभन्दा सस्तो राज्यमा मिसिसिपी, अर्कान्सस, ओक्लोहामा, मिसौरी, न्यु मेक्सिको, टेनेस्सी, मिचिगन, कान्सास, जर्जिया र अलाबामा रहेका छन्। त्यसैगरी महँगो शहर (अमेरिका को औसत जीवनस्तरभन्दा माथी) हरुमा म्यानह्याटन (न्युयोर्क), होनोलुलु, सन् फ्रान्सिस्को (क्यालिफोर्निया), ब्रुकलिन (न्युयोर्क), वासिङ्टन डिसी, सियाटल (वासिङ्टन), ओकल्याण्ड (क्यालिफोर्निया), एर्लिङ्ग्टन (भर्जिनिया), अरेन्ज काउन्टी (क्यालिफोर्निया) र बोस्टन (मासचुसेट) रहेका छन्। त्यस्तै सस्तो शहर (अमेरिकाको औसत जीवनस्तरभन्दा तल) हरुमा म्याकएलेन (टेक्सास), हर्लिञ्जेन (टेक्सास), कालामाजो (मिचिगन), जोप्लीन (मिसौरी), अमारिल्लो (टेक्सास), मेम्फिस (टेनेस्सी), कनवे (अर्कान्सस), फेयटभिल्ला (अर्कान्सस), नोक्सभिल्ला (टेनेस्सी) र अन्निस्टन (अलाबामा) रहेका छन्।

यस्तै सांक्षारता प्रतिशतको आधारमा सबैभन्दा बढी प्रतिशत शिक्षित राज्य (प्रतिशतमा) मासाचुसेट (८१ दशमलब ८४), मेरिल्याण्ड (७६ दशमलब ८०), कोलोराडो (७१ दशमलब २४), भर्मन्ट (७० दशमलब ६१), कनेक्टिकट (७० दशमलब ४७), भर्जिनिया (६८ दशमलब ५३), वासिङ्टन (६६ दशमलब ९५), न्यु हेम्पसायर (६६ दशमलब ५६), न्यु जर्सी (६६ दशमलब २८) र मिनिसोटा (६५ दशमलब ९७) रहेका छन्।

त्यसैगरी सबैभन्दा कम प्रतिशत शिक्षित राज्यमा मिसिसिपी (२१ प्रतिसत ०१), वेस्ट भर्जिनिया (२३ दशमलब ९३), लुजियाना (२५ दशमलब ४५), अर्कान्सस (२९ दशमलब ४५), अलाबामा (३१ दशमलब ४६), केन्टुकी (३३ दशमलब १३), साउथ क्यारोलिना (३६ दशमलब ०६), नेभाडा (३६ दशमलब १८), न्यु मेक्सिको (३७ दशमलब१८) र टेनेस्सी ( ३७ दशमलब २१) रहेका छन्।

यसैगरी सबैभन्दा बढी शिक्षित प्रतिशत भएको शहरमा मिचिगनको एन आर्बोर (९४ दशमलब २३), क्यालिफोर्नियाको सान्ता कालरा (८१ दशमलब ९०), वासिङ्टन डिसी (८१ दशमलब ७०), नर्थ क्यारोलिनाको च्यापल हिल (७९ दशमलब ७२), क्यालिफोर्नियाको अकल्यान्ड (७९ दशमलब ४८), विसकान्सिनको मान्डिसन (७८ दशमलब ४८), मासचुसेटको बोस्टन (७६ दशमलब २९), वासिङ्टनको सिएटल (७३ दशमलब ७६), टेक्सासको अस्टिन (७२ दशमलब ९४) र कनेक्टिकटको ब्रिजपोर्ट (७३ दशमलब ७६) रहेका छन्।

यसैगरी कम शिक्षित प्रतिशत भएका शहरमा क्यालिफोर्नियाको पोर्टभिल्ला (१० दशमलब ७४), टेक्सासको हर्लिंटन (११ दशमलब ४०), टेक्सासको एडन्बर्ग (१३ दशमलब ८३), क्यालिफोर्नियाको बेकर्सफिल्ड (१६ दशमलब ४२), क्यालिफोर्नियाको मोडेस्टो (२१ दशमलब ६८), नर्थ क्यारोलिनाको हिकोरी (२५), क्यालिफोर्नियाको लोदी (२५ दशमलब ४२), फ्लोरिडाको ओकाला (२७ दशमलब १८), क्यालिफोर्नियाको सलिनस (२७ दशमलब ४९) र क्यालिफोर्नियाको फ्रेसनो (२८ दशमलब ७९) रहेका छन्।

यसैगरी स्वास्थ क्षेत्रमा पहुँचको आधारमा प्रति सय ब्यक्ति मध्ये कति जनाको पहुँच छ भन्ने सङ्ख्यामा बढीको पहुँच हुने राज्यमा मासचुसेट (६३ दशमलब ४७), मिनिसोटा (६३ दशमलब ११), रोड आइल्याण्ड (६२ दशमलब २२), डिस्ट्रिक्ट अफ कोलम्बिया (६० दशमलब ७२), नर्थ ड्कोटा (६० दशमलब ७०), भर्मन्ट (५९ दशमलब ४९), कोलोराडो (५९ दशमलब ०६), आयोबा (५८ दशमलब ७०), हवाई (५८ दशमलब ५९) र साउथ ड्कोटा (५७ दशमलब ८१) रहेका छन्।

यसैगरी कम पहुँच हुने राज्यमा जर्जिया (४३ दशमलब ७६), लुजियाना (४३ दशमलब ८२), अलाबामा (४३ दशमलब ८४), नर्थ क्यारोलिना (४४ दशमलब ३२), मिसिसिपी (४४ दशमलब ३६), अर्कान्सस (४५ दशमलब ६१), टेनेस्सी (४६ दशमलब ५५), साउथ क्यारोलिना (४६ दशमलब ५७), टेक्सास (४६ दशमलब ८०), अलास्का (४६ दशमलब ८३) र एरिजोना (४७ दशमलब ४०) छन्।

यसैगरी अमेरिकाका मुख्य दश बिश्वविधालयमा (समग्र बिषय, उतिर्ण दर, अध्ययन पश्चात रोजगार दरको आधारमा) क्रमश: न्यु जर्सीको प्रिन्सटन युनिभर्सिटी, मासचुसेटको हार्बर्ड युनिभर्सिटी, न्युयोर्कको कोलम्बिया युनिभर्सिटी, मासचुसेटको मासचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी, कनेक्टिकटको येल युनिभर्सिटी, क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटी, इलिनोयको युनिभर्सिटी अफ सिकागो, पेन्सेल्भानियाको युनिभर्सिटी अफ पेन्सेल्भानिया, क्यालिफोर्नियाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी र मेरिल्याण्डको जोन हफ़्किन्स युनिभर्सिटी रहेका छन्।

यस्तै मुख्य दश कलेजमा क्रमश: मासचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी, हार्बर्ड युनिभर्सिटी, स्ट्यानफोर्ड युनिभर्सिटी, येल युनिभर्सिटी, ड्युक युनिभर्सिटी (नर्थ क्यारोलिना), प्रिन्सटन युनिभर्सिटी, राइस युनिभर्सिटी (टेक्सास), क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, ब्राउन युनिभर्सिटी (रोड आइल्याण्ड) र युनिभर्सिटी अफ पेन्सेल्भानिया रहेका छन्।

अब यो सरकारी तथ्याङ्क लाइ पनि बिश्वास नगरेर कसैले लिडे ढिप्पी गर्छ भने त्यसलाई कडा प्रकारको मानसिक रोग ले च्यापेछ भनेर छिटो भन्दा छिटो मानसिक अस्पताल मा लगेर उपचार गर्नु बाहेक कुनै बिकल्प नभएको पंक्तिकार ठोकुवा गर्छ।

–नवीन रायमाझी

प्रतिक्रिया