नायग्रामा दोस्रो उत्तर अमेरिका वारीपारी काव्य संगम

इनेप्लिज २०७९ साउन १ गते २३:०४ मा प्रकाशित

नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा जुलाई १६ शनिबारमा दिन दोसो सीमा वारीपारी काव्य संगम कार्यक्रमको आयोजना क्यानडामा अवस्थित विश्वप्रसिद्ध नायाग्रा फल्समा सम्पन्न भयो ।

अमेरिका र क्यानडाका ३५ जना कविहरूले आआफ्नो कविता वाचन गरेर तीन घण्टा त्यहाँको वातावरणलाईनै कवितामय बनाई दिएको थियो । क्यानडाका लागि नेपालका महामहिम राजदूत भृगु ढुङ्गानाको प्रमुख आतिथ्यमा हुने भनिए तापनि कारणवस् महामहिमको अनुपस्थित हुनु परेको थियो ।

कविता वाचन गर्नेहारुमा क्रमशः कुसुमाकर शर्मा खेम गुरागाईं गणेश निरौला, गोपीकृष्ण काफ्ले, गोवद्र्धन पूजा, डा.गोविन्दसिंह रावत, दीपा राई पून, देवीराम थापा, निकिता शर्मा, पार्वती पाण्डे, पूण्यसागर मरहट्टा, रञ्जु चौधरी, रबिन घिमिरे, रबिन थपलिया, रबिन्द्र लम्साल, राजेन्द्र कार्कीर राधिका कुसुम, सुशिल नेपाल, शेषराज दाहाल, शोभा गुरागाईं (खेम गुरागाँईको कविता वाचन),सजाता गरुुङ, सुरेन उप्रेती, तारा उप्रेती (सुरेन उप्रेतीबाट कविता वाचन), सुरेश ओली, हेम अधिकारी, कविता खरेल, रुक्मणी काफ्ले, शिशिर पाण्डे, चन्द्र पन्थी, कर्ण बटाला र बिनोद पौडेल आदि रहनु भएको थियो ।

समाजका महासचिव मोहन खरेलको उद्घोषणमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष खेम गुरागाँई र सचिव पार्वती पाण्डेले स्वागत मन्तब्य र धन्यवाद दिनु भएको थियो भने कार्यक्रम संयोजक डा. गोबिन्दसिंह रावतले २०१८, ३० जुनका दिन नायग्रा फल्सकै अगाडि सम्पन्न भएको पहिलो सीमा वारीपारी काव्य संगमको सफलतापछि कोभिदका कारण राकिएको सीमा वारीपारी काव्य संगमले निरन्तरता पाउँदै जाने र अर्को वर्ष अमेरिकाको नियाग्रामा आयोजना गर्ने विचार व्यक्त गर्नु भएको थियो ।

संयोजक डा. रावतले २०१८ र यस वर्षको समेत गरेर नियाग्रा कविता संग्रह प्रकाशन गर्ने बारे पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा अनेसासका नवनिर्वाचित अध्यक्ष गोबद्र्धन पूजाले सीमा वारीपारी काव्य संगमलाई अनेसासले निरन्तरता दिनका लागि पहल गर्ने बारे बताउनु भयो । अमेरिका र क्यानडाका कवि, साहित्यकारहरुसँगै श्रोताहरुको उल्लेख्यमात्रामा उपस्थिति रहका कार्यक्रममा विशेष आकर्षकका रुपमा आठ वर्षीय निभान काफ््ले र पाँच वर्षीय रौनक काफ्ले रहेका थिए । काफ्ले दाजुभाइको कविता वाचन र काव्य प्रस्तुति देखेर दर्शकले निरन्तर तली बजाएर बाल कविहरुको हौंसला बढाएका थिए ।

कार्यक्रममा नेपालबाट भ्रमणमा रहनु भएका डा. प्रा. ऋषिराम शर्माले कार्यक्रमको अन्यमा कविता विधाका बारेमा छोटो जानकारीसहीत वाचन गरिएका कविताको भवभूमिबारेमा जानकारी गराउनु भयो ।

कार्यक्रमको अन्त्यमा नेपाली साहित्य समाज, क्यानडाले नायाग्राको चित्रसहितको प्रतिक चिन्ह समाजका अध्यक्ष खेम गुराँगाईले सबै कविता वाचक कविहरुसहित कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजकहरुलाई प्रदान गर्नु भएको थियो । नायग्रा फल्समा धेरै भीड रहेकोले यसपटक फल्सकै अगाडि रहेको चउरमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया