रुसी विपक्षी कार्यकर्ता आन्द्रेई पिभोरोभलाई ४ वर्षको कारागार सजाय

इनेप्लिज २०७९ असार ३२ गते १९:३७ मा प्रकाशित

रुसी विपक्षी कार्यकर्ता आन्द्रेई पिभोरोभलाई ४ वर्षको कारागार सजाय सुनाइएको छ ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि कार्यकर्ता, स्वतन्त्र सञ्चारमाध्यम र अधिकार समूहहरूमाथिको नाकाबन्दी तीव्र पारेको छ ।

रुसमा बिरोध गर्यो कि थुनामा र कारागार सजाय दिइन्छ । तर पनि जनता चुप लागेर बसेका छैनन । ब्यापक बिरोध हुन्छ तर दमन पनि त्यतिकै गरिएको छ । पछिल्लो समयमा आन्द्रेई पिभोरोभ ज्यादतीको शिकार भएका हुन ।

रुसी विपक्षी कार्यकर्ता आन्द्रेई पिभोरोभलाई प्रतिबन्धित प्रजातन्त्र समर्थक समूहको नेतृत्व गरेकोमा चार वर्षको जेल सजाय सुनाइएको छ । जुन विपक्षी कार्यकर्ताहरू, स्वतन्त्र संचारमाध्यम र देशका अधिकार समूहहरूमाथि क्रेमलिनको बहु-आयामी दमनको पछिल्लो कदम हो।

४० वर्षीय पिभोरोभ निर्वासित शक्तिशाली उद्योगपति (टाइकुन )मिखाइल खोडोरकोभस्कीद्वारा स्थापना गरिएको ओपन रसियाको अहिले विघटित प्रजातन्त्रका समर्थक (प्रो-डेमोक्रेसी)समूहका पूर्व प्रमुख हुन्।

उनलाई शुक्रबार दक्षिणी रुसी शहर क्रास्नोडारको एक अदालतले “अनुचित संगठनलाई निर्देशन” गरेको आरोपमा सजाय सुनाएको थियो, जुन २०१५ को कानून अन्तर्गत फौजदारी अपराध हो।

उनले आफ्नो निर्दोषता कायम राखेका थिए । सेप्टेम्बर २०२१ मा संसदको लागि उम्मेदवारी दिने योजनाका कारण उनी विरुद्ध आरोपहरू ल्याइयो भनेर उनले जोड दिए।

उनलाई आठ वर्षसम्म कुनै पनि राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । अदालतमा आफ्नो धातुको पिंजराबाट बोल्दै पिभोरोभ भने रूसमा परिवर्तन चाँडो वा ढिलो आउनेछ।

मलाई थाहा छ प्रगतिलाई रोक्न सकिदैन, राम्रोका लागि परिवर्तनहरू अपरिहार्य छन्, र ती टाढा छैनन्,” उनले भने।

प्रतिक्रिया