मुख्यमन्त्री राईद्वारा ३७ जना श्रष्टा सम्मान

इनेप्लिज २०७९ असार २८ गते २२:४० मा प्रकाशित

विराटनगर, २८ असार । प्रदेश नं १ को सरकारले भाषा, कला तथा सस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने श्रष्टाहरुलाई आज यहाँ सम्मान गरिएको छ ।

पर्यटन तथा सस्कृति मन्त्रालयद्वारा आयोजित श्रष्टा सम्मान कार्यक्रममा प्रदेशबाट छनौट भएका विसं २०७८ र २०७९ का ३७ जना श्रष्ठाहरुलाई नगद र कदरपत्र सहित सम्मान गरिएको छ ।

बालकृष्ण पोखरेला भाषा, साहित्य कला र संस्कृति सम्मानको राशी रु एक लाख रहेको छ ।

यसैगरी प्रदेश भाषा साहित्य कला र संस्कृति सम्मानको राशी रु ५० हजार तथा नवोदित भाषा कला साहित्य, कला र संस्कृतिको सम्मानको राशी रु २५ हजार र सम्मान पत्र रहेको छ।

प्रदेश न १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उहाँहरुलाई सम्मान गर्दै भाषा, कला सस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्नु हामीसबैको कर्तव्य भएको बताउनु भयो ।उहाँले भाषा संस्कृतिबाटै सवै जातजाति एवं समुदायको पहचान झल्किने भएकाले यस क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको धारणा राख्नु भयो ।

मुख्यमन्त्री राई विविध भाषा, साहित्य, संस्कृति हामीसबैको गौरवको रुपमा रहेको चर्चा यसको विकासले विश्वमा नेपालको समपन्नता दर्शाउने विचार व्यक्त्त गर्नु भयो ।


उहाँले समुदायमा वोलिने विभिन्न भाषाभाषीको विकास एवं सरक्षणले समाज र मुलुकको विकासलाई अगाडि वढाउन मद्दत पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।

पर्यटन तथा संस्कृती मन्त्री खिनु लङ्वा लिम्वुले प्रदेश सरकार सदैव साहित्य, कला क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई सम्मान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्रालयका सचिव इश्वरकुमार गिरिले कोरोना महामारीका कारण गत वर्ष सम्मान कार्यक्रम गर्न नसकिएको बताउँदै छनोट समितिको सिफारिसको आधारमा श्रष्टाहरुको सम्मान गरिएको जानकारी दिनु भयो ।

श्रष्टा सम्मानका लागि विस २०७८ का लागि खेम नेपाली तथा विसं २०७९ का लागि गणेश रसिकको संंयोजकत्वमा छनौट समिति गठन गरिएको थियो ।

प्रतिक्रिया