केतनको स्वर, रमेशको शब्दमा रहेको ‘पन्छी’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७९ असार २८ गते १०:३२ मा प्रकाशित

काठमाडौं–  गायक केतन क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘पन्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ भने संगीत हेमन्त शिशिरको रहेको छ।

कलाकारिता क्षेत्रको यथार्थ नबुझी देखासिकिमा लागेर कलाकार बन्ने चाहनामा अघि बढ्न खोजिरहेकी एक महिलाको प्रयासलाई भिडियोमा देखाउन खोजिएको छ। भिडियोमा  रंगिन दुनियाको यथार्थलाई  जिवन्त रुपमा  प्रस्तुत गरिएको छ।  भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।  मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

प्रतिक्रिया