बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दलभित्रको विद्रोहपछि राजीनामा दिने भएका छन । आगामी घण्टामा राष्ट्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
जोनसन काण्डहरूको शृङ्खलामा फसेका छन् भने उनका सबैभन्दा ठूला समर्थकहरूले पनि उनलाई छोडे पछि उनि राजिनामा दिन बाध्य भएका छन् भनि सिएनएनले समाचार लेखेको छ ।
जोनसनका पूर्व उपप्रमुख सचेतक क्रिस पिन्चरले गत हप्ता दुई जना पुरुषलाई जबर्जस्ती छोएको आरोपमा राजिनामा दिने काममा ढिलासुस्ती गरेको भन्दै ५० भन्दा बढी सांसदहरुले मंगलबारदेखि सरकारबाट राजीनामा दिएका छन्।
विपक्षी लेबर पार्टी(दल)का नेता केयर स्टाररले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै भने: “बोरिस जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिनु देशको लागि राम्रो समाचार हो। तर यो धेरै अघि नै हुनुपर्थ्यो।”
प्रतिक्रिया