रुसद्वारा कब्जा गरेको क्षेत्र युक्रेनले फिर्ता लिन सक्ने :बेलायतका प्रधानमन्त्री जोनसन

इनेप्लिज २०७९ असार २२ गते ०:१० मा प्रकाशित

 

बेलायतका प्रधानमन्त्री जोनसनले जेलेन्स्कीलाई युक्रेनले रुसलद्वारा कब्जा गरेको क्षेत्र फिर्ता लिन सक्ने बताएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मंगलबारको दूरवार्ता(टेलिफोन)मा युक्रेनले हालै रुसले कब्जा गरेको क्षेत्र फिर्ता लिन सक्ने बताएको बेलायती सरकारी कार्यालय (डाउनिङ स्ट्रिट)का प्रवक्ताले बताए ।

प्रधानमन्त्रीले विश्व युक्रेनको पछाडि रहेको र रुसी सेनाले कब्जा गरेको क्षेत्र फिर्ता लिन सक्ने विश्वास गरेको बताए ।

जोनसनले जेलेन्स्कीलाई युक्रेनमा पठाइने पछिल्लो बेलायती सैन्य उपकरणको बारेमा थप जानकारी गराउनुको साथै बेलायतले १० स्व-चालित तोपखाना प्रणाली र अन्य हतियार सहित आगामी दिन तथा हप्ताहरूमा आइपुग्ने प्रवक्ताले भने।

प्रतिक्रिया