शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:४७
वासिङटन डिसी 22:02

अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा

इनेप्लिज २०७९ असार २१ गते ९:५३ मा प्रकाशित

५ जुलाई २०२२
वाशिंगटन डिसी

संयुक्त राष्ट्र संघको ऊच्च स्तरीय अन्तरास्ट्रिय बैठकमा भाग लिनको लागी अमेरिकाका लागी पूर्ब नेपाली राजदूत डा० अर्जुन कार्की ( बिध्याबारिधी ) न्युयोर्क आइपुगेका छन् ।

संयुक्त राष्ट्र संघद्वारा न्युयोर्कमा आयोजना हुने ” दिगो बिकाशको लागी ऊच्च स्तरीय राजनैतिक मंच ( THE 2022 HIGH-LEVEL POLITICAL FORUM ON SUSTAINABLE DEVELOPMENT – HLDF ) ” मा भाग लिन डा० कार्की हिजो जुलाई ४ सोमबार न्युयोर्क आईपुगेका हुन् ।


न्युयोर्कको अन्तरास्ट्रिय बिमानस्थलमा ओर्लिंदासाथ डा० कार्कीसंग फोन सम्पर्क गर्दा संयुक्त राष्ट्र संघको ऊच्च स्तरीय बैठकमा सहभागी भएर यही हप्ता जुलाई ८ तारिक शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको कुरा डा० कार्कीले बताए ।

अमेरिकाका लागी अन्य पूर्ब राजदूतहरु डा० सुरेशराज चालिसेलाई नेपाल सरकारले ६ महिनामै फिर्ता बोलाएको थियो भने हालै मात्रै डा० युबराज खतिवडा त झन् तिन महिनामै नेपाल फिर्ता भएका थिए।

चार बर्षको कार्यकाल भएको पदमा ६ – ६ बर्ष सम्म नेपाली राजदूत पद बहालमा बसेर नेपाली राजदूतहरुको ईतिहांसमै डा० अर्जुन कार्कीले पहिलो रेकर्ड राखेका थिए । साथै, नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा अन्य मुलुकका नेपाली राजदूतहरु साँशद भन्दा एक तह तल भएको बेलामा अमेरिकाका लागी नेपाली राजदूत डा० अर्जुन कार्की नेपालको मंत्री सरहको राजदूत बनेका थिए ।

मंत्री सरहको राजदूत भएकै कारणले छुट्टीमा नेपाल जाँदा सरकारले राजदूत डा० कार्कीलाई सुरक्षागार्ड ( पि० एस० ओ० ) दिने गरेको थियो ।

संसारमा कोरोनाको महामारी शुरु भएपछी लकडाउनको बेलामा – सिएनएनले प्रयोग गर्ने सिस्को वेबेक्स प्रबिधी मार्फत वाशिंगटन डिसी / न्युयोर्क देखि हवाई / अलास्का सम्म अमेरिकाभरीका नेपाली समुदायका अगुवाहरुलाई नियमित ईमरजेन्सी बैठकमा सहभागी गराउंदा – न्युयोर्कमा कोरोना संक्रमण भएर लगभग दुखद निधन हुनै लागेका म्याग्दीका एक चेलीलाई राजदुत डा० कार्कीले मृत्यु बाट बचाई दिएका थिए ।

 

प्रतिक्रिया