तिमिले मलाई भेटेन खोजेको हौ कि

गोबिन्द राज ओझा (राजन) २०७९ असार २० गते १९:३० मा प्रकाशित

तिमिले मलाई भेटेन खोजेको हौ कि तिमिलाई भेटन पर्ने हो

तिम्रो दिलले के सोच्छ मैले कसरि जान्न सक्ने हो

 

हेर्दा हेरिरहु लाग्ने तिम्रो घर कहाँ हो

आज भेट हुदैछ जानुपर्ने कहाँ हो

तिमिले मलाई भेटेन खोजेको हौ कि तिमिलाई भेटन पर्ने हो

तिम्रो दिलले के सोच्छ मैले कसरि जान्न सक्ने हो

 

कहिले तिम्रो हासोमा भुल्छु कहिले मन्द मुस्कानमा

चारै तिर घुमेर म पुग्छु म तिम्रो समिपमा

तिमिले मलाई हेरेको हो कि मैले तिमिलाई हेरेको हो

यो मनले कुरा बुझ्दैन मनमा के भएको हो

 

त्यो शहर तिम्रो बस्तिमा पुग्छु भन्थे मैले

आजै हो जस्तो लाग्छ यो दिलबाट तिमिलाई सम्झे

तिमिले मलाई भेटेन खोजेको हौ कि तिमिलाई भेटन पर्ने हो

तिम्रो दिलले के सोच्छ मैले कसरि जान्न सक्ने हो

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया