डेनमार्क कोपेनहेगनको एक बिशाल बजारमा गोलाबारी हुँदा कैयौ व्यक्तिहरुको मृत्यु

इनेप्लिज २०७९ असार १९ गते २०:२२ मा प्रकाशित

डेनमार्कको राजधानी कोपेनहेगनको एक बिशाल बजारमा गोलाबारी हुँदा कैयौ व्यक्तिहरुको मृत्युडेनमार्क कोपेनहेगनको एक बिशाल बजारमा गोलाबारी हुँदा कैयौ व्यक्तिहरुको मृत्यु भएको स्थानीय प्रहरीले जनाएका छन । यसै सिलसिलामा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रहरीका अनुसार उनि २२ बर्षिय इथनिक डेन भएको कोपेनहेगन प्रहरी प्रमुख सोरेन थोमासेनले पत्रकार सम्मेलनमा बताए । प्रहरीका अनुसार गोलाबारी उक्त बिशाल बजारका विभिन्न स्थानमा भएको बताए ।

सामाजिक संजालमा धेरै व्यक्तिहरु भागदौड भएको देखिएको छ भने कम्तिमा ३ जना व्यक्तिहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

थोमसेनले घटना आतंकसँग सम्बन्धित हुन सक्ने र यसबारे विस्तृत प्रहरी अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया