नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
अमेरिकाको नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उद्घाटन कार्यक्रम सुरु भएको छ । कार्यक्रम नेपालीराष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गानद्वारा सुरु गरिएको थियो ।
कार्यक्रमको उदघाटन नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा तथा सम्मेलन प्रमुख अतिथि,अन्तर्राष्ट्रिय अध्यक्षद्वय रबिना थापा,कूल आचार्य ,बुद्धि सुबेदी लगायतले पानसमा बत्ति बाली उदघाटन गरेका थिए ।
उक्त समारोहमा स्मारिका प्रकाशनको बिमोचन गरिएको थियो उक्त स्मारिका एनआरएनए अमेरिकाकी महिल सचिव सुनिता सापकोटा कडेलको सॅयोजकत्वमा भएको थियो । साथै मोरिसभिल नगरका नगर प्रमुख टिजे काउली तथा नगर परिषद सदस्यले शुभकामना दिएका थिए ।
उदघाटन समारोहमा एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सम्मेलन संयोजक सुमन थापाले स्वागत मनतब्य तथा सह-संयोजक बासुदेव भट्टले मन्तब्य राखेका थिए । साथै बालबालिकाहरुले सामुहिक नृत्य प्रस्तुति गरेका थिए । हाल विभिन्न वक्ताहरुको मन्तब्यको क्रम जारि रहेको छ । प्रधान मन्त्रि शेर बहादुर देउबाको संदेश पढेर सुनाईएको थियो ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया