शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:५८
वासिङटन डिसी 22:13

एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु

इनेप्लिज २०७९ असार १९ गते १०:३८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकास् अमेरिकाको ¥याले मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न गाइरहेको आफ्नो ११औँ वार्षिक साधारणसभाको सम्पुर्ण तयारी पुरा गरेको छ ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भर्चुअल रेकर्डेड सम्बोधनबाट सुरु हुनेछ । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा हुने कार्यक्रमको उदघाटन सत्रलाई परराष्ट्रमन्त्री डा नारायण खड्का र सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनआरएनए आइसीसीका अध्यक्ष त्रय कुल आचार्य रविना थापा र बद्री के सी, दुई महासचिव केशव पौडेल र गौरी जोशी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । साधारणसभामा भाग आमन्त्रित अतिथि, एनआरएनए अमेरिकाका सदस्यहरु नर्थ क्यारोलाइनमा कार्यक्रम आयोजना स्थलमा पुगिसक्नु भएको छ ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा को कन्भेनर दिलु पराजुलीले साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल र पारित गरिने, गैर आवासीय नेपाली नागरिकता, विधान संसोधन र संस्थाले एक वर्ष विचमा गरेका कार्यक्रमको समिक्षा साथै भावी कार्यक्रममा छलफल हुने कार्यक्रम रहेको बताउनु भयो ।

विज्ञ सम्मेलनको तयारी

गैर आवासीय नेपाली संघ अमेरिकाको साधारण सभाको मुख्य आकर्षण राष्ट्रिय ज्ञान सम्मेलन हो । जहाँ नेपाल र संयुक्त राज्य अमेरिकाका विज्ञहरुले विभिन्न बिषयमा छलफल गर्नु हुन्छ । सन २०२२ जुलाई ३ को उद्घाटन र वन्द सत्र लगतै जुलाई ४ तारिक तेस्रो संस्करणको राष्ट्रिय ज्ञान सम्मेलन आयोजना हुँदै छ । एनआरएनए एनसीसी अमेरिकाको विज्ञान, प्रविधि र आविष्कार समिति (एसटीआईसी) ले ज्ञान सम्मेलनको संयोजन गर्दछ । एसटी आइसीसीका चेयर डाक्टर माधव पाण्डेले ज्ञान सम्मेलनको उद्घाटन सत्रलाई युनिभर्सिटी अफ नर्थ क्यारोलेनाका प्रोफेसर जेम्स एल पिसओक त्रिभुवन विश्व विद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा, राष्टिय विज्ञान प्रविधि प्रतिष्ठानका उपकुलपतिले संवोधन गर्नु हुने कार्यक्रम रहेको जानकारी दिनु भयो ।

११ औं वार्षिक साधारणसभासँगै हुने तेस्रो ज्ञान सम्मेलनको प्रमुख उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका साथै अमेरिका र नेपालका विभिन्न क्षेत्रका प्रोफेसनल तथा विज्ञहरूलाई एकै ठाउँमा ल्याएर ज्ञान, अनुभव, विज्ञता, क्षमता, अनुभव र पुजिलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भनेर छलफल गर्नु हो । संयुक्त राज्य अमेरिका र नेपाल दुवैका विज्ञहरूको विशेषज्ञता अमेरिका र नेपालका नेपाली समुदायका लागि फलदायी हुनेछ । अघिल्ला दुई संस्करणजस्तै यस अधिवेशनले पनि थुप्रै विषय वस्तुमा फलदायी छलफल गर्ने विश्वास लिइएको छ ।

सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल हुनेछ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले ११ औं वार्षिक साधारण सभा र ज्ञान सम्मेलनमा राष्ट्रिय समन्वय परिषद अमेरिकाका सबै पन्जिकृत सदस्यहरुलाई आफै उपस्थित भएर वा भर्चुअल रुपमा सहभागी हुन आमन्त्रण गर्नु भएको छ ।
सबै सत्रहरू एनआरएनए एनसीसीको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने र इच्छुक सहभागीहरूले जुममार्फत पनि छलफलमा सहभागी हुन सक्नु हुने छ ।

प्रतिक्रिया