साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र-एनइसीसी)ले मेरिल्याण्डको जर्मनटाउनस्थित आफ्नो परिसरमा साढे दश फीट अग्लो भगवान शिवको प्रतिमा प्रतिस्थापन गर्न लागेको छ ।
एनइसीसीले भगवान शिवको मूर्तिर्सँगै शिवजीका बहान नन्दी(बसाहा) र पशुपतिनाथको मन्दिरमा राखी पूजा गरिने शिवलिंग प्रतिस्थापन गरी आफ्नो परिसरमा धार्मिक तीर्थस्थल निर्माण गर्ने आफ्नो धेरै पहिलेदेखिको योजना अहिले सम्पन्न गर्न लागेको हो ।
यस कार्यका लागि दाता नानीमैया श्रेष्ठ,उहाँका छोरी तथा छोराहरु क्रमश इन्दिरा श्रेष्ठ,डा.दीपक श्रेष्ठ र डा.सुनिल श्रेष्ठ एवम श्रेष्ठ परिवारको सौजन्यमा यी संरचनाहरु जुलाई २ तारिक शनिवार विहान प्राप्त भए पछि संस्थाले यो कार्य सम्पन्न गर्न लागेको हो । सोही दिन विहान एनइसीसी कार्य समितिको बैठकले कैलाश पोडियम बनाउन इन्जिनियर रामलाल श्रेष्ठको संयोजकत्वमा प्राविधिक टोली निर्माण गर्ने र काम तुरुन्त शुरु गर्ने निर्णय गरेको अध्यक्ष सरोजदेवी प्रजापतिले इनेप्लिजलाई बताउनु भयो । शिव मूर्तिका लागि कैलाश पर्वत, बसाहाका लागि नन्दि आसन र शिवलिंग राखी पूजा अर्चना गर्न पशुपतिनाथको मन्दिर निर्माण गर्न संस्थाका सबै टोली परिचालन गर्ने अनौपचारिक निर्णय भएको उहाँको भनाई थियो । बैठकले दाताहरुलाई विशेष धन्यवाद ज्ञापन गरेको थियो ।
यी धार्मिक संरचना श्रेष्ठ परिवारले भारतको मुरादाबादमा निर्माण गर्न लगाई एनइसीसी परिसरसम्म ढुवानी गरिदिएको थियो । आमा नानीमैया श्रेष्ठको विशेष चाहानामा यी संरचना निर्माण गर्न लगाई संस्थालाई उपहार दिएको डा.सुनिलकुमार श्रेष्ठले इनेप्लिजलाई बताउनुृ भएको थियो । उहाँका अनुसार शिवजीको मूर्तिको तौल एक हजार छ सय पाउण्ड रहेको छ । त्यस्तै श्रेष्ठ परिवारबाट एक सय पचास पाउण्ड तौलको ३0 इञ्च उचाइ भएको शिवलिंग, ३ फीट उचाइ भएको ७ फीट लामो बसाहा र मूर्तिको उचाई अनुसारको त्रिशुल पनि संस्थालाई प्राप्त भएको छ । श्रेष्ठ परिवारले स्वर्गीय पीताजी काजी श्रेष्ठको स्मृतिमा यो करिब चालिस देखि पचास हजार डलर सम्मको धार्मिक संरचना र्एनईसीसी मार्फत नेपाली समुदायलाई उपहार गरिएको डा. श्रेष्ठको भनाई थियो । कोविद १९को प्रकोपलगायतको समस्याले यी संरचना निर्माण र ढुवानी गर्न करिब २ बर्षलागेको श्रेष्ठ परिवारको भनाई छ । यस अघि यी संरचनाको नमुना तयार गरी अनुमोदनको लागि एनइसीसीलाई उपलब्ध गराइएको र कार्यसमितिले यसलाई अनुमोदन गरेपछि फाईनल अर्डर गरिएको डा. श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
यस अघि नै एनइसीसीले भगवान गौतम बुद्धको प्रतिमा प्रतिस्थापन गरिसकेको छ । अब पोडियमलगायतका संरचना निर्माण भईसके पछि विशेष धार्मिक समारोह आयोजना गरी भगवान शिवजीको देवस्थापन गरिने एनइसीसीले जनाएको छ ।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया