एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको टेक्सस राज्यमा जुलाई२-३ सम्म सॅचालन हुने एएनए राष्ट्रिय सम्मेलनमा सहभागी भै नाम दर्ता गरेमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने पुरस्कारको घोषणा गरिएको छ ।
एएनए राष्ट्रिय सम्मेलनमा भाग लिँदै हुनुहुन्छ भने कतार एयरवेज-जेन ट्राभल्स र्याफल( चिठ्ठा)मा सहभागी हुन नबिर्सन जेन ट्राभल्सले सबैलाई अनुरोध गरेको छ ।
विमानको टिकट कतार एयरवेजले एएनए र नेपाली समुदायलाई सहयोग गर्न प्रायोजन गरेको हो ।
साथै बुद्ध एयरको हिमालय उडान(माउन्टेन फ्लाइट),भोटे कोशीमा बन्जी जम्प तथा काठमाडौं वा धुलिखेलको होटल( अतिथी गृह)मा दुईजनाको लागि बेड एण्ड ब्रेकफास्ट ( सुत्ने र खाजा)को व्यवस्था सहित ३ वटा अन्य पुरस्कारहरु बिजेता घोषित गरिने छ।
बुद्ध एयर र जेन ट्राभल्सले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यी पुरस्कारहरू प्रस्ताव गरेको हो ।
तपाईंले एएनएमा रहेका बुथ( प्रदर्शन कक्ष)मा प्रदान गरिने चिठ्ठा प्रवेश पत्र(राफल ईन्ट्री कार्ड)मा आफ्नो नाम लेखाउनु पर्ने आवश्यक छ।
विजेताको छनोट र घोषणा जुलाई ३ गते आइतबार गरिने छ।
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
अमेरिकाको युटाह राज्यमा तीज कार्यक्रम हुदै
प्रतिक्रिया