फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको फ्लोरिडा राजमार्ग गस्तीले मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जनालाई पक्राउ गरेको छ ।
फ्लोरिडा राजमार्ग गस्तीले यस हप्ता दुई व्यक्तिलाई राज्यमा तस्करी गरेको आरोपमा पक्राउ गरेको उनीहरुको प्रतिवेदनमा जनाईएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
फ्लोरिडाको सम्टर काउन्टीमा गत बुधबार प्रहरीले म्याद गुज्रिएको अस्थायी टेक्सस दर्तासंख्या भएको सवारी साधनलाई रोकेका थिए । प्रहरीले चालक होजे जुआरेजसँग कुरा गरे । उनले फ्लोरिडाबाट ह्युस्टन जाँदै गरेको बताए । गाडीमा सवार यात्रु जसले सीमाको छाप नलगाएको मेक्सिकोको राहदानी र परिचय पत्र दिए ।
उनलाई पहिचानको लागि सोधखोज गर्दा एकदमै डराएको देखिन्थ्यो ,प्रहरीले याद गरे । टेक्ससमा पछिल्लो २४ घण्टामा मानव तस्करीका ३ वटा छुट्टाछुट्टै घटनामा कम्तिमा ६ आप्रवासीको मृत्यु भएको छ भने अन्य १० जना फेला परेका छन् । एक अमेरिकी सीमा गस्ती गुप्तचरले यात्रु अवैध रूपमा अमेरिकामा थिए र पहिले नै उनलाई निर्वासन गरिएको बताए ।
जुआरेजले अधिकारीहरूलाई उनले यात्रुसँग दूरभाषमा मात्र कुरा गरेको र भर्खरै भेटेका बताएका थिए ।
जुआरेजलाई गिरफ्तार गरी सम्टर काउन्टी कारागारमा जेलमा लागिएको छ । जहाँ उनलाई तस्करीको लागि १० ,००० हजार डलर धरौटी राखिएको छ।
साथै यात्रुलाई सीमा गस्ती गुप्तचरले नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।
उही प्रहरीले गत बिहीबार छिमेकी हर्नान्डो काउन्टीमा एक सेतो शेभरलेट जातको गाडीलाई कानुनी रंग भन्दा गाढा भएको झ्यालहरू भएकोमा रोकेको थियो।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया