शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:५६
वासिङटन डिसी 23:11

अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु

इनेप्लिज २०७९ असार १७ गते १६:५६ मा प्रकाशित

अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु भएको एविसिन्यूजले समाचारमा जनाएको छ।

गत बिहीबार राति पूर्वी केन्टकीको एक घरमा पक्राउ पूर्जी पेश गर्ने प्रयासमा एक व्यक्तिले प्रहरीमाथि गोली चलाउँदा दुई अधिकारीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

फ्लोइड काउन्टीमा घटनास्थलमा धेरै अधिकारीहरूलाई गोली हानिएको थियो। प्रहरीले ४९ वर्षीय लान्स स्टोर्जलाई गत बिहीबार राति हिरासतमा लिएको छ ।

दुई अधिकारीहरू घटनास्थलमा मारिए र पाँच अधिकारीहरू घाइते भएका छन ।

एक आपतकालीन व्यवस्थापन अधिकारी पनि घाइते भएका छन र एक के९ नाम गरेको कुकुर पनि मारिएको छ ।

स्टोर्जलाई शुक्रबार बिहान पाइक काउन्टीका एक न्यायाधीशले मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया