अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिकाको पूर्वी केन्टकी राज्यमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते भएका छन । गत बिहीबार पूर्वी केन्टकीमा पक्राउ पूर्जी चलाउन खोज्दा कैयौं प्रहरी अधिकारीहरूलाई गोली हानी घाइते भएको अधिकारीहरूले बताएका छन्।
उक्त घटनामा १ जना मारिएका छन् भने प्रहरीले संदिग्धलाई पक्राउ गरेको जनाएका छन् ।
एक संदिग्धलाई हिरासतमा लिइएको र कम्तिमा एक व्यक्ति मारिएको थियो फ्लोइड काउन्टी शेरिफ जोन हन्टले स्थानीय संचार माध्यमलाई भने। सेरिफको विभागले शुक्रबार बिहान सामाजिक संजाल (फेसबुक)मा प्रकाशन गरि गोलाबारीलाई “घातक” भनेर वर्णन गरेको छ ।
संदिग्धले गत बिहीबार साँझ घरेलु हिंसाको अवस्थासँग सम्बन्धित अदालतले जारी गरेको पक्राउ पूर्जी (वारेन्ट) सेवा गरिरहेका प्रतिनिधिहरूमाथि गोली चलाएका थिए ।
गभर्नर एन्डी बेशियरले ट्वीटरमा एक संक्षिप्त बयानमा घटनालाई ” गोलाबारीमा संलग्न अवरोध अवस्था” भनेर वर्णन गरेका छन् ।
धेरै प्रहरी अधिकारीहरूलाई क्षेत्र वरपरका विभिन्न अस्पतालमा लगिएको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया