शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:३८
वासिङटन डिसी 22:53

वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत

इनेप्लिज २०७९ असार १७ गते १:४५ मा प्रकाशित

अमेरिका नेपाल पाम्परागत बौद्ध धर्म संघको १३ औ वार्षिकोत्सव अवसरमा संस्थाले प्रो.डा. नरेश मान बज्राचार्य गुरुजुको निर्देशन एव प्रमुख आचार्यको भूमिकामा नेपाल शिक्ष। तथा सांस्कृतिक केन्द्र जर्मनटाउनको प्रागणमा आइतबार जुलाई १७ सन् २०२२ को दिनमा पहिलो लख चैत्य पुजा व्रतको आयोजना गर्ने भएको छ।यस कार्यक्रममा सह-आयोजकहरुमा NECC NPPA र NOA हुन् भने प्रायोजकमा Classic Diamond,Fidelity Direct Mortgage छन्।प्रति ब्यक्ति ३० डलरमा रजिस्ट्रेशन गर्नु पर्ने यस पूजामा सिमित संख्या मात्र पुर्याउने र पुजा अवधि विहान ८ बजेदेखि दिउसो १२ बजे सम्म रहनेछ।

नेवा संस्कृति परम्परा अनुसार आफ्नो जीवनकालमा सके चैत्यको स्थापना गर्ने नभए सवा लाख सानो चैत्यको परिवारमा बसेर बनाउने र त्यो पनि सम्भव नभए जति पनि जति सक्छ,न्यूनतम ५ वटा भए पनि माटोको चैत्य बनाउनु पर्छभन्ने धारणा छ।साना साना आकारमय ढाचा प्रयोग गरी त्यसमा अक्षता र माटो घुसाई माटोको चैत्यहरु थुप्रै संख्यामा बनाउन सकिन्छ।हजुरबुवा,हजुरआमा देखी साना नाती नातिनीसम्म यस पूजा पाठमा बस्न सक्छन र रमाउन पनि सक्छन।नेवा संस्कृतिमा निकै चलेको यस परम्परालाई नेपाल बाहिर पनि जगेर्नो गर्न र अभ्यास गर्न सके यसले धर्म र संस्कृतिको चेतना र सरक्षण गराउछ भन्ने कुरामा बिश्वास छ ।

यस बर्षको लखःचैत्य पुजा लाई विश्व शान्ति र आपसी सुमधुर सम्बन्द्धको निम्ति समर्पण गरिएको छ ।चैत्य भन्नाले बुद्धको वासस्थान र बुद्धको शरीरको निम्ति समर्पण गरिएको छ।चैत्य भन्नाले बुद्धको वासस्थान र बुद्धको शरीरको प्रतीकको रुपमा बुज्न सकिन्छ ।कार्यक्रममको फोटोग्राफी अनिल रंजितबाट हुनेछ।
पुजाका सामाग्रीहरुमा थाल,नैबेध,शंख,दियो,पिपलको पात,अक्षता आदी हुनेछ।पन्चाशिलको पालना गर्नु यस ब्रतको आधारभूत नियम हुन् र नेपालमा श्रावन र कार्तिकमा सामुहिक रुपमा यो ब्रत पालना गरिन्छ।यस कार्यक्रममा पुजाको सहायक आचार्यमा यज्ञमान शाक्य रहनु भएको छ ।

 

प्रतिक्रिया