माउण्ट एभरेष्ट टिभीले संचारकर्मी गोकर्ण लामिछानेलाई “एभरेष्ट बासु स्मृती पत्रकारीता पुरस्कार” प्रदान गर्ने !

मदन बस्नेत, क्यानाडा। २०७९ असार १६ गते २२:३० मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। क्यानाडामा रहेका नेपालीहरुलाई नेपालीद्वारा स्थापित र संचालित संचार माध्यम मार्फत विभिन्न सुचना, जानकारी, समाचार र मनोरञ्जनका सामाग्रीहरुको प्रवाह गर्दै आएको माउण्ट एभरेष्ट टेलिभिजनले भोलि जुलाई १ “क्यानाडा डे” का दिन आफ्नो स्थापनाको तेस्रो वार्षिक उत्सबको अवसरमा क्यानडाखबरका प्रधान सम्पादक संचारकर्मी गोकर्ण लामिछानेलाई “एभरेष्ट बासु स्‍मृति पत्रकारिता पुरस्कार २०२२” प्रदान गर्ने भएको छ।

साथै उक्त दिन “रेडियो माउण्ट एभरेष्ट” को पनि औपचारिक रुपमा शुभारम्भ गर्दै छ।

क्यानाडामा रहेर “क्यानाडा खबर” नामक संचार गृहको प्रधान सम्पादकको रुपमा कार्यरत लामीछाने लामो समय देखी क्यानाडामा संचार क्षेत्रमा कृयाशिल हुनुहुन्छ। लामीछाने यस अघि पनि बिभिन्न सामाजिक सेवा पुरस्कारबाट सम्मानित भईसक्नु भएको छ। समाजसेवी, एनआरएनए अभियान्ता तथा हेल्प डेस्क, क्यानाडाका कोर्डिनेटर स्वर्गिय बासु लम्सालको सम्झनामा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।

माउन्ट एभरेष्ट टेलिभिजनका प्रबन्ध निर्देशक वसन्त कार्कीले संस्थाका अध्यक्ष पुर्ण कडेंलको अध्यक्षता र लायन्स गर्भनर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको बताउनु भएको छ।

मिसीसागास्थित पर्ल बैंकेट एण्ड कन्भेन्सन सेन्टरमा आयोजना गरिने सो कार्यक्रमको बिशेष आकर्षण नेपाली लोक संगितका धरोहर चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुती रहनेछ। लोक गायिका देवीका केसी र रिता बुर्लाकोटी लगायत अन्य स्थानीय कलाकारहरुले पनि कार्यक्रममा आ-आफ्नो प्रस्तुति दिने छ्न्।

कार्यक्रममा क्यानाडा जिटिए आसपासमा रहेका नेपाली समुदायका प्रतीनिधीहरु, विभिन्न पेशा र ब्यवसाय गर्दै आएका नेपालीहरु, समाजसेवी, कलाकार, पत्रकार लगाएत सबै सर्वसाधारणहरुलाई सहभागी हुन कार्कीले बिशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया