शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:४२
वासिङटन डिसी 21:57

अलबिदा मनसुन !

भावपूर्ण श्रद्धान्जली

विजय थापा २०७९ असार १५ गते २२:३९ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

अलबिदा मनसुन !

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा गत जुन २३ बिहिबारका दिन निधन भएकी मनसुन पाण्डेको अन्तिम संस्कार सम्पन्न गरिएको छ । जुन २९,२०२२ का दिन बुधबारका उनलाई सधैको लागि बिदा गरिएको छ । मनसुन कहिले नआउने गरि बिलिन भएकी छिन ।

उनको दाह संस्कार क्यालिफोर्निया राज्यको मार्टीनेज शहरको पचेको शवदाहगृहमा सम्पन्न गरिएको छ । दाह संस्कार कार्यक्रममा आफन्त,परिवार ,नातेदार ,साथीभाई,छरछिमेक तथा नेपाली समुदायहरुको उपस्थिति रहेको थियो ।

अन्तिम श्रद्धान्जली कार्यक्रम स्थानीय समय अनुसार बिहान १०:३० बजे राखिएको थियो । उपस्थित सबैले उनको पार्थिव शरीरलाई पुष्पगुच्छाद्वारा अर्पण गरेका थिए । यस अवस्थाका नेपाली गीतहरु बजाईएका थिए भने श्रद्धान्जली दिन आएका अधिकांश निकै भावुक भएका थिए । श्रद्धान्जली सभाको सामाजिक संजाल मार्फतबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । समाजका अगुवा तथा समाजसेवीहरुले पनि बोलेका थिए।

श्रद्धान्जली कार्यक्रम तथा दाह संस्कार फरक स्थानमा राखिएको थियो भने एनआरएनए अमेरिकाको क्यालिफोर्निया शाखाका अध्यक्ष एकदेव शर्माले श्रद्धान्जली सभामा सरिक हुन् समुदायलाई समेत आह्वान गरेका थिए ।

नेपाली मूलकी मनसुन पाण्डेको अकल्पनीय ,आकस्मिक तथा अल्पायु निधनले सबैलाई आश्चर्य तुल्याउनुको साथै नेपाली समुदायहरुलाई आश्चर्य र स्तब्ध बनाई रहेको छ ।

स्व पाण्डे सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार, सामाजिक अभियन्ता ,पूर्वपर्यटन दुत,कलाकार अनिल पाण्डे तथा रिना पाण्डेकी एक मात्र सुपुत्री हुन् । उनको निधन क्यालिफोर्निया राज्यको स्थानीय समय अनुसार जुन  २३ ,२०२२ का दिन करिव साँझ ६ बजे भएको थियो ।

२९ बर्षिय मनसुन पाण्डेको जन्म १९९३ मा मे ६ का दिन भएको थियो भने निधन जुन २९ ,२०२२ का दिन भएको थियो ।

स्व मनसुनले सूचना प्रविधि (आई टी)अध्ययन गरेकी थिइन् भने उनले एप्पलमा काम गरेकी थिइन् ।

परिवारका नजिकका साथीभाई तथा इष्टमित्रका अनुसार उनि केही समय अगाडी युरोप यात्रामा समेत गएर अमेरिका फर्केकी थिइन् । पिता स्वयम कलाकार र क्यालिफोर्नियाको बे एरिया (क्षेत्र)अत्यन्तै क्रियाशील भएको कारण सुपुत्री पनि बाबुलाई साथ दिदै विभिन्न कार्यक्रममा सहभागी हुन्थिन ।

ईनेप्लिज परिवारको तर्फबाट भावपूर्ण श्रद्धान्जली !

तस्बिर कृतज्ञता :पिता अनिल पाण्डे

प्रतिक्रिया