अनेसासको वरिष्ठ उपाध्यक्ष पदमा सुप्रसिद्ध कवि लालगोपाल सुवेदीको उम्मेद्वारी

इनेप्लिज २०७९ असार १५ गते २२:३७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लागि साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय कवि लालगोपाल सुवेदीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अघिल्लो कार्यकालमा केन्द्रीय तहमा सचिव पदमा रही प्राज्ञिक क्षेत्रको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका सुवेदीले गत चुनावमा गोवर्धन पूजासंग उपविजेता बने पनि अझ गहन जिम्मेवारी सम्पन्न गरेको जानकारी समाचारस्रोतलाई प्राप्त भएको छ । उनी अनेसासले प्रकाशन गर्ने अनेसास दर्पण का पूर्वप्रधान सम्पादक र पछिल्लो चरणका पनि प्रधान सम्पादक नै छन् । अनेसास पुरस्कार समितिका तीनजना अन्तिम निर्णायकमध्ये उनी पनि एक हुन् । एकसय बीसओटा पुस्तक छ महिनासम्म अहोरात्र पढेर आफ्नो जिम्मेवारी पूरा गरको कुरा पनि समाचार स्रोतलाई प्राप्त भएको छ । अनेसासमा सुवेदीको योगदानबारे बुझ्न खोज्दा अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्ष हरि काफ्ले शैवले सुवेदी अनेसासका लागि सधैँका लागि नभई नहुने व्यक्ति हुन् भन्ने धारणा प्रस्तुत गरे । शैवका अनुसार सुवेदी जगैबाट उठेका अर्थात् बोस्टन च्याप्टरका महासचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रमा सचिवको जिम्मेवारी पूरा गरेर पनि अनेसासको साखवृद्धिका लागि पर्दापछाडिबाट कठोर परिश्रम गरिरहेका थोरै व्यक्तिहरुमध्ये एक हुन् ।

स्मरणीय छ, सुवेदी एम् ए (नेपालीमा)त्रिभुवन विश्वविद्यालयका गोल्डमेडलिस्ट हुन् भने आफ्ना समकालीन कविहरुमा प्रतिस्पर्धाबाट राष्ट्रियस्तमा सबैभन्दा बढी पुरस्कार जित्ने व्यक्तिसमेत हुन् । कविता, निबन्ध, गीत ,समालोचना र व्याकरण गरी १८ ओटा कृति प्रकाशित गरिसकेका सुवेदीको साहित्ययात्राले पनि चालीस वर्ष पूरा गरिसकेको छ । नेपालमा रहँदा पनि आधा दर्जन साहित्यिक संघसंस्थामा काम गरेका सुवेदीमा लेखन र नेतृत्व दुवै क्षेत्रको लामो अनुभव रहेको छ । अनेसासलाई राजनीतिक अखडा नबनाई अनेसासलाई अनेसास नै बनाउनुपर्छ भन्ने मूल मन्त्र बोकेका सुवेदीसँग तपाई किन वरिष्ठ उपाध्यक्ष पदमै उम्मेद्वारी दिँदै हुनुहुन्छ भन्ने जिज्ञासा राख्दा अनेसासलाई नेपालको त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानकै हाराहारीमा लैजानका लागि अनेसासको विधानलाई अक्षरशः पालना गर्दै पर गएकाहरुलाई घर फर्काउन दुखेका मनहरुमा मलम लगाउने प्राज्ञिक कर्महरु गर्ने र नेपाली भाषा साहित्यको विश्वव्यापीकरण गर्नेमा आफ्नो प्रतिबद्धता रहेको जानकारी दिए ।

आँफ्नो योजनाको बारेमा कुरा गर्दा , अनेसासलाई नेपालभित्र र नेपाल बाहिर रहने नेपालीहरू बीच बढ़ी प्रिय बनाउने र आजीवन सदस्यहरूको परिचयपत्र बनाएर अहिले भैरहेको विवादको अन्त्य गर्ने क़सम खाएको कुरामा केन्द्रित रहनुभयो । राजनीतिक व्यक्ति नभएकोले गर्न नसक्ने कुराहरूलाई अगाडि राखेर चुनाब जित्ने होडमा नदौडेर संस्थाका अध्यक्षका योजनालाई पूरा गर्न साथ दिनु वरिष्ठ उपाध्यक्षको कर्तव्य तथा आँफ्नो धर्म रहेको बताउनुभयो ।

 

( शुभकामना छ वहाँलाई , वहाँ जस्तो व्यक्ति नै अनेसासको शोभा हो ।)

 

प्रतिक्रिया