शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:३४
वासिङटन डिसी 21:49

अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु

इनेप्लिज २०७९ असार १५ गते ११:०९ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ८ हजार ९ सय ६३ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३७७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुन २९ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा ३ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ७१ लाख ५४ हजार २ सय संक्रमित भएका छन् । हाल अस्पतालमा ३२ हजार १ सय ४८ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर ७ % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ३ हजार ५ सय १६ जना भर्ना भएका छन् भने ७ % भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख १३ हजार ३ सय ६ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २१ लाख २३ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.८ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.४ % पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ५० लाख ९३ हजार ५ सय १ सय ९१ जनाले लिई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ९४ लाख २६ हजार पुगेको छ

प्रतिक्रिया