भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु भएको केही घण्टा पछि बाबुले आत्महत्या गरेको प्रहरीले बताए । आत्महत्या गर्ने बुवाले आफ्नो निजि गाडी (कार)मा छोडेर गएको केही घण्टामा प्रहरीले उनका पिताले आत्महत्या गरेको खबर प्राप्त गरेका थिए ।
गत मंगलबार भर्जिनियाको चेस्टरफिल्ड काउन्टी प्रहरीले मंगलबार बिहान ११:३० बजे अमेरिकी पूर्वीय समय अनुसार एक १८ महिनाको बालकलाई धेरै घण्टासम्म गाडीमा छोडिएको अवस्थामा प्रहरीलाई खबर प्राप्त भएको विभागले एक विज्ञप्तिमा जनाएको छ ।
त्यसपछि प्रहरीले थप बच्चाको बुबा भर्जिनिया मिडलोथियनमा रहेको उनको निवासमा “आत्महत्याको बयान” दिई कागज छोडेको बताए ।
प्रहरीहरु घर भित्र बच्चाको शव फेला पारे । वयस्क पुरुषलाई घरको पछाडिको जङ्गलमा आफैले बन्दुकको गोली हानेर मृत अवस्थामा फेला परेको विज्ञप्तिमा भनिएको छ।
“बुवाले संयोगवश बच्चालाई धेरै घण्टासम्म गाडीमा छोडेर गएको” अनुसन्धानले देखाएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
“जब बुबाले गाडीमा बालकको मृत्यु भएको थाहा पाए, उनी घर फर्किए र बच्चालाई घरभित्र लगे। त्यसपछि उनी घरबाट निस्किए र आफैलाई गोली हाने,” विज्ञप्तिमा भनिएको छ।
प्रहरीले शिशुको मृत्युको कारण जानकारी दिएको छैन तर रिचमन्डबाट करिब २० माईल पश्चिममा रहेको मिडलोथियनमा मंगलबार ८१ डिग्री फरेनहाइटको उच्च तापक्रम थियो।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया