फ्रान्सले युक्रेनलाई सशस्त्र सैन्य वाहकहरू महत्वपूर्ण मात्रामा पठाउने

इनेप्लिज २०७९ असार १४ गते ११:२२ मा प्रकाशित

फ्रान्सले युक्रेनलाई सशस्त्र सैन्य वाहकहरू महत्वपूर्ण मात्रामा पठाउने भएको छ ।

फ्रान्सले युक्रेनलाई “महत्वपूर्ण मात्रामा” फ्रान्समा बनेको सशस्त्र सैन्य वाहक र समर्थन सवारी साधनहरू पठाउने भएको जनाएको छ । फ्रान्सेली सशस्त्र सेना मन्त्रालयका अनुसार जसलाई भिएबि भनिन्छ ।

“आक्रमणबाट आगोमा परेको क्षेत्रहरूमा छिटो सार्नको लागि सेनाहरूलाई सशस्त्र गाडीहरू चाहिन्छ,” सेबास्टियन लेकोर्नुले सोमबार साँझ ले पेरिसियन पत्रिकामा एक अन्तर्वार्तामा भने।

“फ्रान्सले महत्वपूर्ण मात्रामा, यस प्रकारका यातायात सवारी साधनहरू प्रदान गर्नेछ जसमा भिएबि सुबिधा रहेका छन ।”

भिएबि एक पाङ्ग्रे बख्तरबंद सैन्य वाहक र समर्थन वाहन हो। यो फ्रान्सेली निर्माता सेभीएम तथा रेनल्टद्वारा १९७० को प्रारम्भमा विकसित गरिएको थियो र पहिलो पटक १९७६ मा प्रयोग गरिएको थियो भनि सिएनएनले जनाएको छ ।

उनले फ्रान्सले युक्रेनलाई फ्रान्सेली निर्मित एन्टी-शिप एक्सोसेट मिसाइल(हवाई जहाज बिरुद्ध मार हान्ने क्षेप्यास्त्र ) हरू प्रदान गर्ने सम्भावना पनि जाँच गरिरहेको बताए ।

प्रतिक्रिया