गायिका दिलमाया सुनार मृत्यु प्रकरण: मध्यराति सँगै बसेर मदिरा सेवन, मृत्युपछि प्रेमी सल बोकेर फरार (भिडियो सहित)

इनेप्लिज २०७९ असार १४ गते ११:१३ मा प्रकाशित

लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ। आफ्नै कोठाको ओछ्यानमा मृत अवस्थामा फेला परेकी सुनारको अनुसन्धानमा खटिएको प्रहरी टोलीले नयाँ नयाँ तथ्य फेला पारेपछि घटना थप रहस्यमय बन्दै गएको हो।

शनिबार बिहान करिब ११ बजे सुनार मृत अवस्थामा भेटिएको जानकारी आएपछि प्रहरी वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानका क्रममा सुनारको हत्या नै भएको हो भन्ने खुलिसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सुनारले आत्महत्या गरेको हुनसक्ने र आत्महत्या दुरुत्साहनमा उनकै प्रेमी सूर्य भनिने खिलबहादुर श्रेष्ठको भूमिका रहेको हुनसक्ने विश्लेषण छ।

प्रतिक्रिया