अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकाको टेक्सस राज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।
टेक्सस राज्यको प्रसिद्ध शहर सान एन्टोनियोमा मानव तस्करीको एक संदिग्ध मामलामा कम्तिमा ४६ आप्रवासीहरु व्यक्ति माल बाहक सवारी साधन (ट्र्याक्टर-ट्रेलर )भित्र मृत फेला परेको प्रहरीहरूले सोमबार बताए ।
यसैगरी थप १६ मध्ये १२ जना वयस्क र ४ जना बालबच्चाहरुलाई स्थानीय अस्पतालमा लागिएको छ।
सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमानुसले साँझ ५:५० बजे नजिकैका एक कामदारले सहायताको लागि कराएको आवाज सुने। स्थानीय समय अनुसार र सवारी साधनको पछाडीको भाग अनुयान (ट्रेलर)को ढोका आंशिक रूपमा खोलिएको र भित्र धेरै मृतकहरू भेटिएको उनले बताए ।
अस्पतालहरूमा भर्ना भएका सबै जना तातो र गर्मीबाट थकित भएको सान एन्टोनियो अग्नि नियन्त्रण बिभागका प्रमुख चार्ल्स हुडले भने।
त्यहाँ कुनै बालबालिकाको मृत्यु नभएको एबिसीन्यूजले समाचार लेखेको छ । यसै सिलसिलामा तीन जना हिरासतमा लिइएको र संघीय अनुसन्धान हुने उनले बताए ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया