अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शनिबार भेट गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका बेला राजदूत खत्रीको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा राष्ट्रपति वाइडेनसँग भेट्ने अवसर पाएका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा नेपाली राजदुतले सहजै भेट, भलाकुसारी गर्न पाएका छन् । पहिले–पहिले राजाको पालामा अमेरिकाले नेपाललाई यस्तै प्राथमिकता दिएका उदाहरणहरु छन् ।
बिश्वका शक्ति राष्ट्रले कम्युनिस्ट मुलुक र कम्युनिस्ट सरकारको प्रतिनिधिलाई बिश्वास गर्दैनन् । त्यसैले अहिले देउवाको नेतृत्व सरकार आएपछि बिश्वका अधिकांश शक्ति राष्ट्र नेपालसँग हातेमालो गर्न चाहन्छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाले ४ दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धमा पुरानै दरिलो र बलियो खम्बाका रुपमा चिनाउन सफल भएका छन् । एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले गर्ने भनेको आफ्नो मुलुकको पहिचान र पहुँचलाई सबै राष्ट्रसँग जोड्नु महत्त्वपूर्ण काम हो ।
-नेपाल २४ हावर्स.कम बाट
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया