शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:५५
वासिङटन डिसी 22:10

न्युयोर्कका गैर-नागरिकहरूले मतदान गर्न नपाउने ,न्यायाधिशद्वारा कानुन खारेज

इनेप्लिज २०७९ असार १४ गते १:४१ मा प्रकाशित

न्युयोर्कका गैर-नागरिकहरूले अब स्थानीय चुनावमा मतदान गर्न नपाउने भएका छन् । न्यायाधिशले नगर परिषदले पारित गरेको कानुनलाई खारेज गरि दिएका छन् ।

न्यूयोर्क राज्यका न्यायाधीशले सोमबार गैर नागरिक समेतले मतदान गर्न पाउने भन्ने पारित गरिएको कानूनलाई खारेज गरेका छन् ।

न्यूयोर्क शहरका लाखौं गैर-नागरिक बासिन्दाहरूलाई नगर प्रमुख र अन्य स्थानीय कार्यालयहरूको लागि नगरपालिकाको चुनावमा मतदान गर्ने अधिकार दिएको थियो। स्टेटन आल्याण्डका लागि न्युयोर्क राज्यको सर्वोच्च अदालतका न्यायाधीश राल्फ पोर्जियोले राज्यको संविधानको उल्लङ्घन गरेको फैसला सुनाएका छन् ।

डेमोक्र्याटद्वारा नियन्त्रित नगर परिषदले गत डिसेम्बरमा कानून पारित गरेको थियो ।  बिगतमा ८ लाख देखि १० लाख सम्म गैर-नागरिकहरूलाई मतदान गर्न अनुमति दिएको थियो ।

रिपब्लिकन दल र न्युयोर्कका सांसद लगायतका विपक्षीहरूले मुद्धा हालेका थिए ।

दुबै नगर परिषद तथा शहरको कानून विभागले पुनरावेदन उच्च राज्य अदालतमा निर्णयलाई चुनौती दिन सक्ने रोयटर्सले समाचारमा जनाएको छ ।

न्यूयोर्क शहर कानुन विभागले न्यूयोर्कवासीहरूलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउने मूल्याङ्कन गर्ने मानिसहरूका लागि अदालतको निराशाजनक निर्णय हो भनेको छ ।

“आजको निर्णयले हाम्रो राज्यको संविधान र राज्यको विधानको सादा अंग्रेजी शब्दहरू पढ्न सक्नेहरूलाई मान्यता दिन्छ : न्यूयोर्कमा गैर-नागरिक मतदान अवैध छ,” न्यूयोर्क शहर परिषद तथा रिपब्लिकन अल्पसंख्यक नेता जोसेफ बोरेलीले एक विज्ञप्तिमा भने।

प्रतिक्रिया