रुसले युक्रेनको विशाल बजारमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा १५ जनाको मृत्यु , ५८ जना घाइते

इनेप्लिज २०७९ असार १४ गते ०:४२ मा प्रकाशित

रुसले युक्रेनको विशाल बजारमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा १५ जनाको मृत्यु भएको भने ५८ जना घाइते भएका छन ।

पोल्टाभा क्षेत्रका सैन्य प्रशासनका प्रमुख डिमिट्रो लुनिनले क्रेमेन्चुकको बिशाल बजार (सपिङ मल)मा सोमबारको आक्रमणबाट मर्नेको संख्यालाई १५ पुगेको जनाएका छन ।

यो अध्यावधिक जारी रहेको छ भने अघिल्लो खबरभन्दा मर्ने र घाइतेहरुको संख्यामा वृद्धि भएको छ । जी-७ का नेताहरू र अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको निन्दा गरेका छन्।

जी-७ को शिखर सम्मेलनमा भाग लिन जर्मनीमा रहेका बाइडेनले सोमबार एक ट्वीटमा युक्रेनी शहर क्रेमेन्चुकको बिशाल बजारमा भएको रुसी क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै भने “बिशाल बजारमा सर्वसाधारणमाथि रूसले गरेको आक्रमण क्रूर हो ,हामी युक्रेनी जनतासँग ऐक्यबद्धताको पक्षमा उभिएका छौं। ”

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्रेमेन्चुक आक्रमणलाई “युरोपेली इतिहासको सबैभन्दा निर्भीक आतंकवादी कार्यहरू मध्ये एक” भनेका छन्।

“यो क्षेप्यास्त्रहरूको गलत प्रहार होइन। यो किनमेल केन्द्रमा नियोजित रूसी आक्रमण हो, ”जेलेन्स्कीले आफ्नो अङ्किय दृश्य (भिडियो )सम्बोधनमा भने । साथै उनले उद्धार कार्य जारी रहेको बताए ।

प्रतिक्रिया