दुबई।गएको २६ जुन आइतबारका दिन दुबईस्थित सिन्धपंजाब रेष्टुरेण्टमा पाल्पाली समाज युएईले तेस्रो अधिवेशन विधिवत रुपमा सम्पन्न गरेको छ।सो अधिवेशन आफ्नो दुई बर्षे कार्यकाल सकेर नयां कार्यसमिति चयन गर्ने हेतुले गरेको हो।
दुई चरणमा समावेश गरिएको अधिवेशन पहिलो चरणमा निवर्तमान अध्यक्ष तथा नेपाली समाज युएईका महासचिव बेदप्रसाद अर्यालको प्रमुख आतिथ्यता, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्ततान, सोही समाजका पूर्व अध्यक्ष खुमबहादुर आलेका साथै विभिन्न क्षेत्रबाट आएका क्षेत्रिय प्रमुखहरुको बिशेष आतिथ्यतासंगै सल्लाहकार माधवप्रसाद गैरेले कार्यक्रम संचालन गरेका थिए।
वैदेशिक रोजगारीको शिलशिलामा युएईस्थित छरिएर रहेका पाल्पालीवासीहरुको पहलमा सन् २०१५ मा स्थापना गरिएको समाजले स्थापनाकालदेखि नै सम्पूर्ण पाल्पालीहरुलाई एकजुट गराई आई परेको समस्यालाई समाधान गर्दै एक आपसमा भाईचारा र सत्भावको बिकास गर्नमा सफलता पाएको पाईन्छ।युएईमा मात्र नभई नेपालमा पनि आफ्नै जिल्ला पाल्पामा पनि धेरै ठाउंहरुमा आर्थिक तथा भौतिक सहयोग गरेको उल्लेखिय उदाहरणहरु देख्न सकिन्छ।यस्ता खालका कार्यहरु एउटा समाज सेवा मात्र नभईकन मानव सेवा पनि भन्न सकिन्छ।
दोस्रो चरणको कार्यक्रम भने निर्वाचन समितिको रहेको थियो।जस्मा निर्वाचन समिति संयोजकमा कृष्णप्रसाद आचार्य, उपसंयोजकमा खुमबहादुर आले र सदस्यमा बरुण खनाल रहेको थियो।उक्त समितिले संरक्षक, उपसंरक्षक, २ जना उपाध्यक्ष,सांस्कृतिक विभाग, खेलकुद विभाग,सदस्य,वरिष्ठ सल्लाहकार र सल्लाहकार मनोनित गर्न मिल्ने गरि ओमकुमारी खांणको अध्यक्षतामा २६ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ।
जस्मा क्रमशः अध्यक्षमा ओमकुमारी खांण,वरिष्ठ उपाध्यक्षमा कैलाश अर्याल, प्रथम उपाध्यक्षमा गुमबहादुर राम्जाली,उपाध्यक्षमा बिष्णुप्रसाद बस्याल, उपाध्यक्षमा अमित बिश्वकर्मा, उपाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना,उपाध्यक्षमा सीता बस्याल, महासचिवमा खुमप्रसाद न्यौपाने,सचिवमा तिलकराम बस्याल, सहसचिवमा राजु बस्याल,कोषाध्यक्षमा डिल्लीराज भट्टराई, सहकोषाध्यक्षमा टंक परियार, प्रवक्तामा दिनानाथ गैरे रहेका छन्।
त्यसैगरी अन्य सदस्यहरुमा राजेश अधिकारी,पदमप्रसाद गैरे,शेष नारायण बन्जाडे,मनबहादुर नेपाली, शंकरप्रसाद गैरे,नारायण पराजुली,रामचन्द्र ढकाल, माया बस्याल सापकोटा, कालिदास बस्याल,जीवन बस्याल,एकदेव बस्याल, सोमनाथ सापकोटा र राजेश गैरेलाई चयन गरिएको छ ।
प्रतिक्रिया