कम्पालामा एनआरएनए युगाण्डाद्वारा रक्तदान

इनेप्लिज २०७९ असार १३ गते ११:२० मा प्रकाशित

कम्पाला, युगान्डा ।गैरआवासिय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिती युगान्डा र नेपाली रक्तदाता सङ्गघको संयुक्त आयोजनामा युगान्डाको कम्पालामा आयोजनामा आइतबारका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पालाको किङडम कम्पाला मलमा सम्पन्न भएको रक्तदानमा ७२ जनाले रक्तदान गरेका थिए ।

रक्तदानमा नेपालीरक्तदाताका अलावा स्थानीय युगान्डन र अन्य देशका व्यक्तिहरुले पनि रक्तदान गर्नुको साथै भारतिय तथा पाकिस्तानी संस्था हरुको समेत सहभागिता रहेको थियो । ब्लड बैंक युगान्डालाई सोही दिन रगत हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष बर्षा क्षेत्रीले बताउनु भयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख चालीस हजार युनिट रगत आवश्यक पर्ने गर्दछ । जसमध्ये २ लाख युनिट मात्र संकलन हुँदै आएको छ । रगतको अभावले धेरै युगान्डनहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगतको अभाव हुन नदिनका लागि गैरआवासिय नेपाली संघले रक्तदान कार्यक्रमको नियमित रुपमा आयोजना गरिरहेको संघका युगाण्डा अध्यक्ष बिनोद थापाले जानकारी दिएका छन ।

नेपाली रक्तदाता संघकि सहसचिव तारा गिरिका अनुसार नेपालीहरुको युगान्डामा न्यून उपस्थितिका बावजुद अत्यन्तै सराहनीय काम गर्दै आएको भन्दै युगान्डन तथा अन्यमुलुकहरुका संस्थाहरुको चासो हुने गरेको र नेपालीहरुलाई धन्यवाद दिने गरेको बताउनु भयो । यस रक्तदान कार्यक्रमलाई पाकिस्तानी संघले आपतकालीन परिस्थितिका लागि भन्दै दिनभरी एम्बुलेन्स उपलब्ध गराएको थियो ।

रक्तदाताको लागि खानाको ब्यवस्थापन कम्पाला स्थित नेपाली रेस्टुरेन्ट हिमालय रेस्टुरेन्ट एन्ड बारले गरेको थियो । रक्तदान कार्यक्रममा एनआरएनए युगाण्डाका बरिस्ठ सल्लाहकार रमेश कंडेल, कोषाध्यक्ष संजिव सापकोटा, सहकोषाध्यक्ष सुनिल तामाङ उपाध्यक्ष रमा अर्याल , प्रवक्ता तेज खडका , प्रेम श्रेष्ठ , महिला उपाध्यक्ष सिता श्रेष्ठ, निक्कु केसी, रक्तदाता संघ सदस्य तिलक प्रसाद भन्डारी , रेडक्रस युगान्डा, ब्लड बैंक युगान्डा लगायतको सक्रिय भूमिका रहेको थियो।

प्रतिक्रिया