राजु लामालाई आएन ‘ठूली’ फकाउन हेर्नुहोस् (भिडियो)

इनेप्लिज २०७९ असार १३ गते ११:१४ मा प्रकाशित

काठमाडौंः भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ ।

राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रा. लि. ले सार्वजनिक गरेको हो । यस गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गित सरोज लामाको रहेको छ ।

त्यसैगरी यस भिडियोमा आकाश श्रेष्ठ र बिना राउतले गज्जबको अभिनय गरेका छन् । अर्जुन तिवारीले छायाङ्कन गरेको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन ।

त्यस्तै उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया