गायिका दिलमाया सुनारको मृ,त्युबारे धेरै देखिए सं,काहरु ? ह,त्या कि आ,त्महत्या ? (भिडियो सहित )

इनेप्लिज २०७९ असार १३ गते ९:५२ मा प्रकाशित

लोक दोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । तर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट दिएपछि मात्रै निर्क्योल गर्ने प्रहरी स्रोतले जनाएको छ ।

नेपालटारस्थित कोठामा शनिबार पौने ११ बजे उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रका अनुसार कोठामा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो । लगत्तै अनुसन्धानका लागि प्रहरीले सूर्य श्रेष्ठ नामक व्यक्तिलाई नियन्त्रणमा लिएको मिश्रले अनलाइनखबरलाई बताए ।

शवको जाँचबुझमा संलग्न चिकित्सकहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै चोटपटक देखिएको छैन, त्यसैले उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तर घोप्टो परेको अवस्थामा शव भेटिनु र झुण्डिन प्रयोग भएको वस्तु बरामद नहुनुले घटनालाई रहस्यमय बनाएको छ । डीएसपी मिश्र भन्छन्, ‘झुण्डिएको हो वा झुण्ड्याइएको वा के हो भन्ने विषयमा साँझसम्ममा केही बताउँछौं ।’

प्रतिक्रिया