अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार गरिएको छ । आइतबार बिहान ठूलो जमघटमा गोली चलेको प्रहरीले जनाएका छन् ।
वासिङ्टनको राज्यको टकोमाको औद्योगिक क्षेत्रमा आयोजित एक नृत्य समारोह (डान्स पार्टी)मा आइतबार बिहान गोली चल्दा कम्तीमा आठ जना घाइते भएका प्रहरी विभागले जनाएको छ ।
गोलाबारी १२:४५ बजे बिहान दक्षिण टाकोमाको एक निजी स्थानमा भएको थियो । प्रहरीका अनुसार अधिकांश सवारी साधन व्यवसाय (कार डिलरशिप र अटो) मर्मत पसलहरू भरिएको क्षेत्रमा रहेको घटनास्थलको पछाडिको गल्लीमा भएको बहसको क्रममा बन्दुकधारीले गोली चलाएका थिए ।
प्रहरीले तुरुन्तै अपराध स्थल वरपरका सडकहरू बन्द गरेको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
तुरुन्तै प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरूको उपचार गर्न थालेका थिए ।
मृत्यु भएको हाल कुनै जानकारी छैन भनेअहिले सम्म गिरफ्तारी गरिएको कुनै घोषणा गरिएको छैन ।
पीडित हरु सबै खतरामुक्त छन् भने स्थिर अवस्थामा अस्पतालमा भर्ना गरिएको टकोमा प्रहरी विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया