अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
डिसी महानगर क्षेत्र । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा यस बर्ष हुने कुकुर तिहारको अवसरमा प्रथम कुकुर उत्सव मनाइने भएको छ । प्रथम कुकुर उत्सव प्रोजेक्ट इन्टरटेनमेन्ट नामक संस्थाले आयोजना गर्न लागेको हो । सन् २०१९ मा सान फ्रान्सिस्कोमा स्थापित उक्त सँस्थाले नेपालीहरुको दोश्रो महान चाड तिहारको अवसरमा कुकुर उत्सव अर्थात् डग फेस्टिभल मनाउने भएको आयोजक सँस्थाका प्रतिनिधित्व गर्ने सामाजिक अभियन्ता हरि ओझाले ईनेप्लिजलाई बताए ।
उत्सव आगामी अक्टोबर २३ ,२०२२ का दिन सान फ्रान्सिस्कोमा आयोजना गरिने भएको छ । उनले यस क्षेत्र बसोबास गर्ने सबै नेपाली समुदायलाई समेत उत्सवमा भेला हुन् आह्वान गरेका छन् ।
साथै अन्य थप जानकारी नियमित रुपमा गराइने ओझाले बताए ।
वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकमा दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हो । यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ ।
ऋगवेदमा स्पष्ट रूपमा ‘समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ ।
कुकुर यमराजको अर्को प्रिय भक्त हो। कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।
महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ ।
आधुनिक यूगको इतिहासमा सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको थियो ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया